असार २४, २०८२ मंगलबार July 8, 2025

सबै निकायबाट जारी भएका सवारी पास आज देखि रद्द, जोर बिजोरको पूर्ण पालना गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँ उपत्यका भित्र र अन्य जिल्ला भित्रका लागि जुनसुकै निकायबाट जारी गरिएका सवारी पासहरु मंगलबारदेखि रद्द भएका छन् । यात्राका लागि जोर विजोर प्रणालीको पूर्ण पालना गर्नु पर्ने सरकारले बताएको छ ।

काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने यथावत रहने गृह मन्त्रालयले जनाएको छ ।

मोटरसाइकल लगायत दुई पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागु गरिएको छ । मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइने गृह मन्त्रालयले जनाएको छ ।

दुई जना सवार दुई पांग्रे सवारी साधनलाई प्रहरीले रोकेको छ । जोर दिनमा अन्तिमको अंक जोर र विजोर दिनमा अन्तिमको अंक बिजोर नम्बर भएका सवारी साधनहरु चल्न पाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया