मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री हस्तान्तरण

संघले गरेको सिफारिसको आधारमा वर्षमा एक जना खेलाडीलाई सहयोग गर्ने प्रतिवद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, १९ माघ । भक्तपुर जिल्ला बक्सिङ संघको सिफारिस अनुसार एक जना आर्थिक अवस्था कमजोर भएका बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ।

सामाजिक उतरदायित्वअन्तर्गत विपन्न ती खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरिएको जनाएको छ। इको प्यानल नेपाल प्रालिले बक्सिङ खेलाडी विकल भ्वय्द्योलाई एक कार्यक्रम गरी खेलकुद सामाग्री हस्तातरण गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले खेलकुद सामाग्री हस्तातरण गरेका हुन्।

कार्यक्रममा नेपाल बक्सिङ महासंघका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखुले खेलकुदलाई ठूलाठूला कम्पनीहरूले सहयोग गर्दै आएकोमा देशको अस्थिर राजनीतिका कारण ती सहयोगहरूमा कमी आएकोमा अहिले सानोसानो सहयोग सुरु भएको बताए।

कार्यक्रममा इको प्यालनका सिइओ इन्जिनियर कृष्णभक्त दुवालले कर्पोरेट सोसियोल रेस्पन्सिविलिटी अथवा सामाजिक उतरदायित्वको कार्यक्रमअन्तर्गत सहयोग गरेको बताए। उनले संघले गरेको सिफारिसको आधारमा वर्षमा एक जना खेलाडीलाई सहयोग गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले यस्ता सहयोगले खेलकुदको विकास गर्न र खेलाडीहरूलाई उत्साहित गर्न सहयोग पुग्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार