एदिस अब्बा, २० माघ । इथियोपियामा मलेरियाका रोगीहरू अत्याधिक मात्रामा बढेका छन् । यस वर्षको सुरुदेखि ३ लाख २८ हजार ८८१ मलेरियाका नयाँ बिरामीहरू फेला परेका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार गत जनवरी १ देखी २८ काबीचमा पूर्वी अफ्रिकी देशमा ८४ जनाको मृत्यु हुन पुगेको छ ।
जुन अघिल्लो महिनाको तुलनामा १७ प्रतिशतले बढे भएको डब्ल्यूएचओ इथियोपिया हेल्थ क्लस्टरले जनाएको छ । यद्धपी, स्वास्थ्य साझेदार संस्थाहरूले देशभर तिब्र रूपमा फैलिएको औलो रोकथाम, उपचार र सचेतना अभियानहरूलाई समर्थन गर्न स्रोतहरू परिचालन गरिरहेका छन् ।
गत नोभेम्बरमा डब्ल्यूएचओले अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको देश इथियोपियाले कम्तिमा सात वर्षमा सबैभन्दा धेरै मलेरियाका केसहरू रेकर्ड गरेको बताएको थियो।
इथियोपियामा मलेरियाको प्रकोप २ हजार मिटरभन्दा मुनिको क्षेत्रहरूमा बढी फैलिएको छ, जसले देशको जमिनको तीन चौथाई भाग ओगटेको छ, जसको अनुमानित जनसंख्या ५२ मिलियन रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया