कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

मुलुक विकासका लागि खेलकुद क्षेत्रको विकास आवश्यक : डा. शेखर कोइराला

खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै पनि देशको विकास गर्नका लागि खेलकुद क्षेत्रकोे विकास आवश्यक रहेको बताएका छन् ।

तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको आज समापन समारोहमा उनले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताएका हुन् । “खेलकुद क्षेत्रको विकासका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्न सकेको छैन, अहिले विनियोजन गरेको बजेटले खेलकुद क्षेत्रको विकास हुन सक्दैन”, उनले भने । खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।

नेता डा कोइरालाले खेलकुदको विकास गर्नसके मात्रै युवाहरू आकर्षित र अनुशासित हुने बताए । खेलकुद क्षेत्रलाई सबै राजनीतिकर्मीले महत्त्वपूर्ण विधाका रूपमा लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले खेलकुद पढाइजत्तिकै महत्त्वपूर्ण भएकाले अनुशासित भएर खेल खेलेमात्र देशको नाम विश्वस्तरसम्म राख्न सकिने बताए । नेता डा कोइरालाले आगामी आर्थिक वर्षको बजेटमा खेलक्षेत्रको बजेट बढाउने गरी आफूले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार