असार २८, २०८२ शनिबार July 12, 2025

दुईवटा संसदीय समितिको बैठक बस्दै

सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज दुईवटा संसदीय समितिको बैठक बस्ने भएको छ।

संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजेबाट सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुने बताइएको छ।

त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे नै बस्नेछ । बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वयसम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुने बताइएको छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया