असार २९, २०८२ आइतबार July 13, 2025

कांग्रेस सांसदहरुले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई आफूले हेरिरहेको बताएका छन् । यसमा कोही दोषी पाइए नेपाली सेनालाई समेत नछाड्ने उनले बताएका छन ।

प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरु ध्यानाकर्षण पत्र बुझाउन मंगलबार बालुवाटार पुगेका थिए । उनीहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखेका थिए ।

जवाफमा प्रधानमत्री ओलीले कोरोनामा भएको खर्चको हिसाब आफूले पनि हेरिरहेको बताएका हुन् । सरकारको ध्यान कहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न सम्भव नभएको भन्दै उनले भने, ‘कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनाले गरेको होस् वा जसले गरेका होस्, छाड्दिनँ ।’

प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेको समेत बताएका छन् । यसका लागि अब सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा उनले जोड दिएको भेटमा सहभागी कांग्रेसका एक सांसदले बताएका छन ।

प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टिनमा कमजोरी भएको स्वीकार गरेका छन् ।

नेपालमा कोरोना नियन्त्रणमै रहेको अवस्थामा भारतबाट ठूलो संख्यायामा मानिसहरु फर्किएपछि समस्या भएको उनले बताएका छन । आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेपछि विस्तारै मानिसहरु आउलान् र व्यवस्थित गर्न सकिएला भन्ने सोचेको तर बाढीजसरी एकै पटक मानिसहरु आउँदा समस्या भएको उनले बताएका छन ।

‘यो त क्वारेन्टिनभन्दा पनि भारतबाट आएकाहरुलाई एकै ठाउँमा राखेको मात्र हो’ उनले भने ।

भेटमा कांग्रेस सांसदहरुले आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन माग गरेका थिए । तर प्रधामन्त्री ओलीले आरडीटीबारे केही बोलेनन् ।

तर नेपालीहरुमा रोग प्रतिरोधी क्षमता राम्रो भएको फेरि दोहोर्‍याएको एक सांसदले बताएका छन । करिव एक घण्टा बोलेका उनले आफूले इम्युनिटी पावरबारे संसदमा बोलेको विषयलाई धेरैले हल्का रुपमा लिएको गुनासोसमेत गरेका छन् ।

हेर्नुहोस् कांग्रेसको ज्ञापनपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार