कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा

सहकारी र नेचर हबसम्बन्धी महत्वपूर्ण कागजात बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल प्रहरीले सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी)राईका व्यापारिक साझेदार पूर्व डिआईजी छविलाल जोशीको घरमा छापा मारेको छ। उनको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेको हो।

बुधबार साँझ प्रहरीले त्यहाबाट सहकारी र नेचर हबसम्बन्धी महत्वपूर्ण कागजात बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं परिसरको टोलीले छापा मारेको भएपनि यसलाई गोप्य राखिएको छ।

पोखराको सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पनि उजुरी परेपछि प्रहरीले गितेन्द्रबाबु राईका मुख्य साझेदारको घरमा छापा मारेर महत्वपूर्ण कागजात बरामद गरेको हो।

सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले डिफ्यूजन नोटिस जारी गरेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार