असार २९, २०८२ आइतबार July 13, 2025

संविधान संशोधनको मतदानमा अनुपस्थित नेकपाका सांसदहरुसँग स्पष्टिकरण माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनको दिन प्रतिनिधिसभा बैठकमा भएको मतदानमा अनुपस्थित भएका सांसदहरुसँग स्पष्टिकरण मागेको छ । नेकपा संसदीय दलले उनीहरुसँग अनुपस्थित हुनुको कारण सोधेको हो ।

नेकपाका हरिबोल गजुरेल, गोपाल बम, धनबहादुर बुढा र शिवकुमार मण्डल जेठ ३२ गतको संधिवान संशोधन विधेयक पारित गर्ने बेला अनुपस्थित थिए । संविधान संशोधन जस्तो विधेयक पारित गर्ने बेला अनुपस्थित भएका सांसदहरुलाई दलको सामान्य प्रक्रिया अनुसार स्पष्टिकरण सोधिएको हो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने दलको नियमित प्रक्रिया अनुसार भएको भन्दै मिडियामा दिनुपर्ने खालको केही कुरा नरहेको बताएका छन । केही सांसदले भने दललाई जानकारी दिएरै स्वास्थ्यका कारण अनुपस्थित भएको विषयमा स्पष्टिकरण सोधिएको भन्दै आपत्ति जनाएका छन् ।

संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको दिन नेकपामा चार सहित कांग्रेस र जसपाका पनि केही सांसद अनुपस्थित थिए । जसपाकी सरिता गिरीले बहिस्कार गरेकी थिइन् ।

कांग्रेसका नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल अनुपस्थित थिए भने जसपाका अमृता अग्रहरि, दुलारी देवी खत्वे र प्रमोद साह अनुपस्थित थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार