कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुन तस्करी छानबिन आयोगले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासँग लियो बयान

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासँग सुन तस्करी छानबिन आयोगले लियो बयान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग सुन तस्करी जाँचबुझ आयोगले बयान लिएको छ। सिंहदरबारस्थित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा महरासँग बयान लिइएको हो।

महरासँग आयोग पदाधिकारीले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी भएको घटनामा संलग्नताबारे सोधीखोजी गरेका थिए।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महराको बयान गराएर उनलाई प्रतिवादी कायम नगरी अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

नेता महराले चिनियाँ नागरिकले दुबईबाट ल्याएको भन्सारमा रोकिएको ‘भेप’सुन छुटाउन तत्कालीन भन्सार प्रमुखलाई फोन गरेको बयान दिइसकेका छन्।

२०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हासोङले दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) मा सुन ल्याएका हुन्। उक्त सुन विमानस्थल भन्सारमा अड्किएपछि माओवादी नेता महराको जोडबलमा छुटाइएको बताइन्छ।

सुन तस्करसँग सम्पर्क भएको देखिएपछि महरासँग समितिले बयान लिएको हो। सोही प्रकरणमा उनका छोरा राहुललाई सिआइबीले यसअघि नै पक्राउ गरिसकेको छ। हाल राहुल पुर्पक्षका लागि थुनामा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार