वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

स्थानीय सरकारको सहभागिता विनै एसईईको मूल्याँकन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कक्षा १० का विद्यार्थीको अन्तिम मूल्याँकन स्थानीय सरकारको सहभागिता विनै गरिने भएको छ । कोरोना भाईरस कोभिड १९ को जोखिमका कारण कक्षा १० को अन्तिममा लिईने एसईई परीक्षा स्थगित गर्ने सरकारले निर्णय गरेको थियो ।

निर्णय भएको ५ दिन पछि प्राप्त गरेको मन्त्रीपरिषद् निर्णयको दस्तावेजमा विद्यालयद्वारा गरिएको अन्तिम मूल्याँकनको विवरण जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने, इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले प्रमाणिकरण गरी प्रमाणपत्र दिने उल्लेख छ ।

संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत गरेसँगै उक्त मूल्याँकनमा उनीहरुको समेत सहभागिता गराउँदा प्रभावकारी हुन सक्ने भए पनि मन्त्रीपरिषद्ले इकाईलाई संलग्न गराउने निर्णय गरेको छ । उक्त परीक्षाको बारेमा शिक्षा मन्त्रालयले विद्यालयले यस अघि नै गरेको मूल्याँकनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने गरी प्रस्ताव लगेको बताईएको थियो । उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणिकरण गर्ने गरी प्रस्ताव लगिएको यस अघि सार्वजनिक भएको थियो । तर, मन्त्रीपरिषद्को निर्णयमा भने स्थानीय सरकारको सहभागिता हटाईएको उल्लेख छ । शिक्षा मन्त्रालयले यस्तै प्रस्ताव लगेको थियो अथवा मन्त्रीपरिषद्बाट परिवर्तन गरियो भन्ने विषय स्पष्ट भएको छैन ।

मूल्याँकनका लागि आवश्यक कार्यविधि बनाउने जिम्मा भने मन्त्रीपरिषद्ले बोर्डलाई दिएको छ । मन्त्रीपरिषद्को निर्णय प्राप्त भएसँगै कार्यान्वयनका लागि आवश्यक कारवाही गर्न शिक्षा मन्त्रालयले आईतबार बोर्डलाई औपचारिक पत्राचार गरेको छ । उक्त निर्णय यो बर्षका लागि मात्रै भएकोले बोर्डले सोही अनुसार कार्यविधि निर्माण गर्नु पर्ने छ ।

आगामी बर्ष देखि के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको मन्त्री गिरिराजमणि पोखरेलले बताउँदै आएका छन् । कक्षा ११ को परीक्षाका बारेमा समस्या नभएको तर १२ को परीक्षा उपयुक्त समयमा लिने उनले बताउँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षक महासंघको नयाँ कार्यसमिति घोषणा
२०८१ वैशाख २८, शुक्रबार
अपराधीको संरक्षण गर्दैगए प्रधानमन्त्रीमाथि नै छानबिन गरिनुपर्छ : नैनसिंह महर
२०८१ वैशाख २८, शुक्रबार
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने
२०८१ वैशाख २८, शुक्रबार
पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ
२०८१ वैशाख २८, शुक्रबार
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
२०८१ वैशाख २७, बिहिबार
उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं : अशोक राई
२०८१ वैशाख २७, बिहिबार
एमाले र माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने तयारीमा
२०८१ वैशाख २७, बिहिबार