श्रावण ५, २०८२ सोमबार July 21, 2025

कपाल फुल्ने समस्याले हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

जपत्तालाई एक घण्टासम्म पानीमा भिजाएर राख्ने र त्यस पानीले कपाललाई राम्रोसँग सफा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निश्चित समयभन्दा पहिले नै कपाल फुल्ने समस्याले तपाई पनि ग्रसित हुनुहुन्छ ?  शायद तपाईलाई थाहा नहुन सक्छ तपाईको खानपिन र प्रदुषित वातावरणका कारण तपाईको कपाल फुलेको हुन सक्छ । यदि यो समस्याबाट छुटकारा पाउन चाहानुहुन्छ भने यी घरेलु उपायहरु अपनाउनुहोस् ।

अमलाः

अमला स्वास्थ्यका लागि जति फाइदाजनक छ, त्यति नै तपाईको कपालका लागि पनि गुणकारी रहेको छ । नियमित रुपमा अमलाको प्रयोग गर्नाले कपाल सम्बन्धि थुप्रै समस्याबाट छुटकारा पाउन सकिन्छ । यसका लागि दैनिक रुपमा अमलाको सेवन गर्नुका साथै यसलाई मेहेन्दीमा भिजाएर पनि यसको प्रयोग गर्न सकिन्छ ।

अमलालाई सानो सानो टुक्रमा काटेर तातो नरिवलको तेलसँग मिसाएर कपालमा लगाउनाले कपाल फुल्ने लगायतका थुप्रै कपालसँग सम्बन्धित समस्याबाट छुटकारा पाउन सकिन्छ ।

कालो चिया वा कफीः

कालो चिया वा कफीको प्रयोगबाट पनि कपाल फुल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यदि हप्तामा तीन पटक यसले कपाल धुनाले कपाल फुल्ने लागयतका थुप्रै कपालसँग सम्बन्धित समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एलोभेराः

एलोभेराको प्रयोगबाट न केबल कपाल फुल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । बरु यसको प्रयोगले कपाल झर्ने समस्याबाट पनि मानिसहरुलाई मुक्ति दिलाउने गर्दछ ।

घिउः

राती सुत्नुभन्दा पहिले घिउले कपालको मालिस गर्नाले कपाल फुल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

दहीः

कपाललाई प्राकृतिक रुपमा कालो बनाउनका लागि दहीलाई प्रभावकारी घरेलु उपाय मानिन्छ । दहीलाई मेहेन्दीका साथ बराबर मात्रामा मिलाएर त्यसको प्रयोग हप्तामा तीनपटक गर्नाले कपाल कालो, लामो र बाक्लो हुनेगर्दछ । यसका साथै दहीलाई सादा रुपमा मात्र पनि प्रयोग गर्न सकिन्छ ।

तेजपत्ताः

यदि तपाईको कपाल सेतो भइरहेको छ वा तपाई कपाल फुल्ने समस्याबाट पीडित हुनुहुन्छ भने तेजपत्ता तपाईका लागि बरदान समान मानिन्छ । तेजपत्तालाई एक घण्टासम्म पानीमा भिजाएर राख्ने र त्यस पानीले कपाललाई राम्रोसँग सफा गर्ने ।

त्यसपछि फेरी तेजपत्तालाई सानो सानो टुक्रामा काटेर त्यसलाई तातो नरिवल तेलसँग मिसाएर लगाउनाले कपालसँग सम्बन्धित विभिन्न समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया