कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

कोशी प्रदेशमा मन्त्री परिषद् विस्तार

मौजुदा मन्त्रीपरिषद्मा चार मन्त्री तथा दुई राज्य मन्त्रीसहित ६ जना मन्त्री थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । उहाँले आज मौजुदा मन्त्रीपरिषद्मा चार मन्त्री तथा दुई राज्य मन्त्रीसहित ६ जना मन्त्री थप गर्नुभएको हो ।

प्रदीपकुमार सुनुवारलाई स्वास्थ्य मन्त्रालय, राजेन्द्र कार्कीलाई सामाजिक विकास मन्त्रालय, रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी मन्त्रालय तथा नारायण बहादुर मगरलाई खानेपानी तथा सिचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सुनिताकुमार गुरुङलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्री तथा इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

आज साँझ आयोजित शपथ ग्रहण कार्यक्रममा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । नवनियुक्त मन्त्रीहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

यसैगरी मुख्यमन्त्री कार्कीले राज्यमन्त्रीहरू थापा र गुरुङलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

समारोहमा प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, प्रदेश सभाका सदस्यहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुख, मन्त्रालयका सचिवहरू, कर्मचारीहरू विभिन्न राजनैतिक दलका कार्यकर्ताहरू उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार