श्रावण १२, २०८१ शनिबार July 27, 2024

मोहम्मद आलमविरुद्धको मुद्दामा साक्षी झिकाइ बकपत्र गराउन अदालतको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी झिकाइ बकपत्र गराउन आदेश गरेको छ ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको एक इजलासले गैरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग रिपोर्ट बुझ्ने र साझी झिकाइ बकपत्र गराउन आदेश दिएको रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनुभयो ।

यति दिन भित्र भनि आदेशमा नभनिएको भएपनि पुरानो मुद्दा भएकाले अब हुने सुनुवाइ अन्तिम हुने र उक्त सुनुवाइ छिटै हुने स्रेस्तेदार ढोडारीले जानकारी दिनुभयो ।

विसं. २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि छ । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै रहदै आउनु भएको छ । आलमसहित ११ जना प्रतिवादी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार