असार २१, २०८२ शनिबार July 5, 2025

गण्डकी मन्त्रिपरिषद् बैठक बागलुङको पञ्चकोटमा सुरु

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरू पञ्चकोटमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेश सरकारको  मन्त्रिपरिषद्को बैठक बागलुङ नगरपालिका ६ स्थित  ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा सुरु भएको छ ।  पञ्चकोटमा आगामी फागुन ९ गतेदेखि सुरु हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञको प्रचारप्रसारलाई सहयोग पु र्‍याउन गण्डकी सरकारको मन्त्रिपरिषद्को  बैठक पञ्चकोटमा बसेको हो ।

बैठकका लागि सोमबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरू पञ्चकोट आउनुभएको छ । प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, पुराातात्विक, पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजना अनुसार सोमवार पञ्चकोटमा बैठक सुरु भएको  मुख्यमन्त्रीको सचिवालयका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिनुभयो ।

ब्रह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । पञ्चकोटलाई प्रमुख धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमल नयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २३ गते सम्म ब्रह्माण्डीय महायज्ञ हुन लागेको हो ।

पञ्कोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरी मुक्ति क्षेत्र र शालिग्रामको महिमालाई विश्व स्तरमा पु र्‍य ाउन  नेपालमै पहिलो पटक ब्रह्माण्डीय महायज्ञको आयोजना गर्न लागिएको महायज्ञका प्रवक्ता सुदर्शन  प्रपन्नाचार्यले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार