कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सार्वजनिक बिदा तत्कालका लागि कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

विधिको शासनविपरीतको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न र नगराउन विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाण्डौंः  पूर्वी मकवानपुरको वागमती गाउँपालिकाले ‘जनयुद्ध दिवस’ का अवसरमा दिएको सार्वजनिक बिदा उच्च अदालत पाटनको हेटौंडा इजलासले बदर गरेको छ ।

सर्वाेच्च अदालतको आदेशविपरीत गाउँपालिकाले फागुन १ गते सार्बजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालतमा दायर गरिएको उत्प्रेषणको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश यमुना भट्टराइको एकल इजलासले वागमती गाउँपालिकाको सार्वजनिक बिदा तत्कालका लागि कार्यान्वयन नगर्नू-नगराउनू भनी अन्तरिम आदेश दिएको हो ।

‘जनयुद्ध दिवस’ को अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने निर्णयलाई सम्मानित सर्वोच्च अदालतबाट बदर भइसकेको अवस्थामा विपक्षी वागमती गाउँपालिकाले सोही कारण जनाइ गरेको बिदा दिने निर्णय सर्वोच्च अदालतको आदेशविपरीत देखिँदा विधिको शासनविपरीतको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न र नगराउन विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।

उक्त आदेशसँगै वागमती गाउँपालिका कार्यालयसहित पालिकाका संघसंस्था र विद्यालयहरु खोलेर सेवा दिनुपर्ने भएको छ । अदालतको आदेशविपरीत पालिकाले ‘जनयुद्ध दिवस’ का दिन दिएको सार्वजनिक बिदा विधिको शासनविपरीत भएकाले अदालतको अन्तरिम आदेश स्वागतयोग्य रहेको अधिवक्ता मदनकुमार दाहालले बताए ।

सर्वोच्च अदालतको आदेश र सूचना समेतलाई बेवास्ता गर्दै वागमती गाउँपालिकामा माओवादीका तर्फबाट निर्वाचित अध्यक्ष सर्केश घलानले गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार