श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गुगलले हटायो ठगी गर्ने २२ सय भन्दा बढी एप

इन्टरनेट र गुगलको प्लेटफर्म प्रयोग गरेर लाखौं र करोडौं रुपैयाँ ठगी गर्न सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १ फागुन । इन्टरनेटको यो युगमा धेरै व्यक्तिहरूले गुगलमा प्राप्त हुने हरेक जानकारीलाई पूर्ण रूपमा विश्वास गर्छन् तर साइबर अपराधीहरूले यसको फाइदा मज्जासँग उठाउँछन्।

पछिल्ला केही वर्षमा इन्टरनेट र गुगलको प्लेटफर्म प्रयोग गरेर लाखौं र करोडौं रुपैयाँ ठगी गर्न सहज भएको छ । गुगलले यस्ता ठगीलाई रोक्नको लागि ठूलो कदम चालेको छ । गुगलले प्ले स्टोरबाट २२०० भन्दा बढी नक्कली एपहरू डिलिट गरिसकेको जनाइएको छ ।

साइबर अपराधीहरूले गुगल प्ले स्टोरलाई यस्तो अड्डा बनाएका छन्, जसको माध्यमबाट उनीहरू सजिलैसँग मानिसहरूलाई ठग्न सक्छन्। गुगल प्ले स्टोरमा उपलब्ध एपलाई सर्वसाधारणले विश्वास गरेर आफ्नो फोनमा डाउनलोड गर्छन् र त्यसपछि नक्कली एप बनाउने व्यक्तिहरूले फोन डाटा वा अन्य माध्यमबाट प्रयोगकर्तालाई ठगी गर्न थाल्छन् ।

यद्यपि, हामी तपाईंलाई बताउन चाहन्छौं कि गुगलले प्ले स्टोरबाट नक्कली एपहरू हटाएको यो पहिलो पटक होइन। गुगलले यसअघि पनि बेलाबेलामा यस्तो गर्दै आएको थियो तर यसपटक गुगलले मानिससँग हुने ठगीलाई रोक्न २२ सयभन्दा बढी एपहरू डिलिट गरेको जनाइएको छ ।

पछिल्लो रिपोर्ट अनुसार गुगलले सेप्टेम्बर २०२२ र अगस्ट २०२३ को बीचमा गुगल प्ले स्टोरबाट कुल २२०० नक्कली लोन एपहरू मेटाएको छ। गुगलको प्ले स्टोरमा धेरै नक्कली लोन एपहरू थिए। यी एपहरूमा विश्वास गरेर प्रयोगकर्ताहरूलाई धेरै ठगी र मानसिक यातना दिइदै आएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार