भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सरकारले पहल गर्छः सञ्चारमन्त्री गुरूङ

सञ्चार मन्त्रालय मातहतका संस्था र निकायमा क्रमिक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गर्दै जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, ५ असारः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकारलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सरकारले पहल गर्ने बताउनुभएको छ ।

सामाजिक सुरक्षा कोषको सहकार्यमा नेपाल पत्रकार महासङ्घद्वारा आज पोखरामा आयोजित सामाजिक सुरक्षा कोषमा बृहत् आबद्धतासम्बन्धी पत्रकारसँगको संवाद कार्यशालामा सञ्चारमन्त्री गुरूङले सञ्चार मन्त्रालय मातहतका संस्था र निकायमा क्रमिक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गर्दै जाने उल्लेख गर्नुभयो ।

“ठूला सञ्चार गृह सामाजिक सुरक्षा कोषमा आबद्ध भइरहेका छन्, क्रमशः सबै सञ्चार गृह र तिनमा कार्यरत पत्रकार तथा कर्मचारीलाई पनि कोषमा आबद्ध गर्नुपर्छ”, मन्त्री गुरूङले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउने विषयमा स्पष्ट उल्लेख छ, यसमा सबैको सकारात्मक बुझाइ र पहलको खाँचो छ ।”

गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र आर्थिक सुरक्षाका लागि हरेक रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने उहाँको भनाइ थियो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले आमसञ्चार विधेयक मस्यौदाको काम भइरहेको जानकारी दिनुभयो । उक्त विधेयकले सञ्चारसम्बन्धी सम्पूर्ण विषयलाई व्यवस्थित गर्ने बताउनुभयो ।

“आमसञ्चार प्राधिकरण, तालिम प्रतिष्ठानलगायत विषयलाई विधेयकले समेट्नेछ”, उहाँले भन्नुभयो, “मिडिया काउन्सिल विधेयक पनि छिट्टै पारित हुने प्रक्रियामा छ, सामाजिक सञ्जाल नियमनका लागि सरकारले कानुन ल्याउँदैछ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
२०८३ भाद्र ५, शुक्रबार