भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री

मुक्तिनाथ च्यवनधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), ५ भदौः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ स्थित मुक्तिनाथ च्यवनधाममा जारी बोलबम धार्मिक महोत्सवलाई आज सम्बोधन गर्दै महामन्त्री पौडेलले पछिल्लो समय युवापुस्तामा पनि आध्यात्मिक शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले आध्यात्मिक ज्ञान र संस्कारले व्यक्तिको चरित्र निर्माणसँगै समाजमा सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

मुक्तिनाथ च्यवनधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । च्यवनधामको विकाससँगै प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने भएकाले आवश्यक पूर्वाधार निर्माणमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक पर्ने उहाँको भनाइ छ ।

महामन्त्री पौडेलले भन्नुभयो, “आध्यात्मिक शिक्षा वृद्धवृद्धाका लागि मात्र हो जस्तो गरी बुझिएको छ, वास्तवमा यो शिक्षा जीवन पद्धतिसँग जोडिएको विषय हो । यसलाई कसरी व्यवहारमा उर्तार्ने, के गर्ने र के नगर्ने यसबाट सिक्न सकिन्छ ।”

मुक्तिनाथ च्यवनधाममा जारी बोलबम धार्मिक महोत्सव भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । च्यवनधामका अध्यक्ष अर्जुन लम्सालका अनुसार च्यवनधामको पूर्वाधार विकासका लागि रकम सङ्कलन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा धार्मिक अनुष्ठान, पूजापाठ तथा विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
२०८३ भाद्र ५, शुक्रबार