काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ।
बैठकमा पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ। विशेषगरी पार्टीको निर्णय, निर्देशन तथा विधानविपरीत गतिविधिमा संलग्न भएको आरोप लागेका नेता तथा कार्यकर्तामाथि परेको उजुरी र त्यससम्बन्धी विषय बैठकमा छलफल हुन सक्ने बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया