भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

देउवा पक्षधर नेतालाई कारबाही गर्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैँछ । केन्द्रीय कार्यालय, बीपी भवन सानेपामा उक्त समितिको बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

समितिका सचिव दिनेश थापामगरका अनुसार बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरि सकिएको छ। निबर्तमान सभापति शेरबहादुर देउवा समुहले गत साउन २९–३१ मा अलग्गै राष्ट्रिय भेला गरेको तथा देउवा नेतृत्वको तत्कालिन केन्द्रिय समितिले १५ औं महाधिवेसन गर्ने सार्बजनिक गरिरहेको बेला गगन थापा नेतृत्वको नेपाली कांग्रेसले अनुशाषन समितिको बैठक बोलाएको हो ।

जसका कारण पार्टी भित्रको आन्तरिक विवाद चर्किएको बेलामा अनुशासन समितिको बैठक बोलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अनुशाषन समितिले देउवा पक्षधर नेतालाई कारबाही गर्ने अनुमान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया