भाद्र ३, २०८३ बुधबार August 19, 2026

बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा

काङ्ग्रेस सरकारबाट बाहिरिए पछि नयाँ सरकार गठनका लागि दुई कम्युनिस्ट पार्टीको गठबन्धनलाई राप्रपाको सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर, भदौ ३ गते । एमालेका सांसद किरण थापा मगरको नेतृत्वमा बागमती प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीप(राप्रपा) बीच तीन दलीय गठबन्धन तयार भएपछि एमालेका सांसद किरण थापा मगरको नेतृत्वमा बागमती प्रदेशमा नयाँ सरकार गठन हुने भएको हो ।

मुख्यमन्त्रीका उम्मेदवार किरण थापा मगरलाई एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थन रहेकोले प्रदेश प्रमुखसमक्ष आज बुधबार दाबी पेस गरिएको छ ।

एमालेका सांसद थापा मगरलाई प्रदेश प्रमुखले भोलि बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुहुने छ । मुख्यमन्त्रीमा थापा मगरको नियुक्ति पछि मन्त्रिपरिषद् गठन हुने बताइएको छ ।

कुल आठवटा मन्त्रालय रहेको बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राप्रपा मुख्य शक्ति बनेको छ । एमाले र नेकपाको मात्रै सांसद् सङ्ख्याले सरकार गठन हुन नसक्ने भएपछि दुवै कम्युनिस्ट घटकले राजतन्त्रवादी दल राप्रपाको बैशाखी टेक्नु पर्ने अवस्था आएको हो ।

बागमती प्रदेश सरकार गठनका लागि तीन दलबीचको शक्ति सन्तुलन मिलाउने गरी भागबण्डा मिलाइएको छ । बागमती प्रदेशमा लामो समयदेखि सभामुख पद रिक्त रहँदै आएको छ । राप्रपाका भुवन पाठकले सभामुख पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको छ । नयाँ सरकार गठन गर्ने क्रममा सभामुखसहित आठ वटा मन्त्रालयको भागबण्डा मिलाइएको छ । प्रदेशको रिक्त रहेको सभामुख पद नेकपाले लिने छ भने सरकारमा दुई मन्त्रालय पाउने भएको छ । प्रदेश सभामा एमालेले पहिले नै उपसभामुख पद लिएको छ ।

नयाँ सरकारको भागबण्डा अनुसार एमालेले मुख्यमन्त्री सहित तीन मन्त्रालय पाउने भएको छ भने नेकपाले सभामुख र दुई मन्त्रालय लिने र राप्रपाले तीन मन्त्रालय लिने गरी सहमति भएको छ ।

यद्यपि, राप्रपाले यस अघि सरकार निर्माणको प्रक्रियामा आफु सामेल नहुने बताएको थियो । तर केन्द्रको निर्देशन विपरीत राप्रपाले प्रदेश सरकार गठनमा एमालेलाई सघाउने र सरकारमा सहभागी हुने निर्णय गरेपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।

बाथमती प्रदेशमा यस अघि नेपाली काङ्ग्रेसको नेतृत्वमा काङ्ग्रेस एमालेको गठबन्धनको सरकार थियो । काङ्ग्रेस सरकारबाट बाहिरिए पछि नयाँ सरकार गठनका लागि दुई कम्युनिस्ट पार्टीको गठबन्धनलाई राप्रपाको सहयोग जुटेको हो । राप्रपाले हाल प्रदेशको राजनीतिक अनिश्चिततालाई निकास दिन भन्दै सरकारमा सहभागी हुने भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार