असोज ३१, २०८३ शनिबार October 17, 2026

‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ८ गते दिउँसो १ः०० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३ भदौः प्रतिनिधिसभाले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राख्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतीले स्वीकृत गरेको हो । प्रस्ताव पेश गर्दै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरुका सुझावहरु महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त सुझावहरु विधेयकमा समेटिने बताउनुभयो । उहाँले यससम्बन्धी २७ वर्ष पुरानो कानुन समय सान्दर्भिक संशोधन गर्नका लागि विधेयक ल्याउनुपरेको उल्लेख गर्नुभयो ।

पछिल्लो समयको बढ्दो जनचेतना, सूचना र प्रविधिको विकास, स्थानीय तहको भूमिकालगायत कारणले पनि विधेयक ल्याउनुपरेको मन्त्री यादवले बताउनुभयो । स्थानीय तहको सरकारलाई बालबालिकाका असर नजिकबाट जानकारी हुने र तीनै तहका सरकारबीच समन्वय तथा जिम्मेवारीको व्यवस्था विधेयकमा रहेको उहाँको भनाइ थियो ।

मन्त्री यादवले बाल श्रममुक्त घोषणा गरेका १४ स्थानीय तहका भूमिकाबाट पनि उक्त विषय पुष्टि हुने उल्लेख गर्दै विधेयकबाट बालबालिकालाई श्रममा लगाउने दोषीलाई प्रभावकारी कारवाही हुने बताउनुभयो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ८ गते दिउँसो १ः०० बजे बस्ने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया