भाद्र ३, २०८३ बुधबार August 19, 2026

युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता

युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि समर्थन जारी राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लन्डन, ३ भदौ : रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ ।

बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताउनुभएको छ ।

युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि समर्थन जारी राख्ने बताउनुभयो ।

यसैबीच, लन्डनस्थित रूसी दूतावासले बेलायतले जानाजानी युक्रेन सङ्कटलाई थप चर्काउने नीति अपनाएको आरोप लगाएको छ । बेलायतले द्वन्द्वमा आफ्नो सङ्लग्नता जारी राखे त्यसको ‘उच्च मूल्य’ चुकाउनुपर्ने चेतावनी दिँदै दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ ।

युक्रेनले पछिल्लो समय मस्कोसहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ । युक्रेनले रूसी तेल प्रशोधन केन्द्र तथा रूसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजसँग सम्बन्धित गोदामलाई समेत निशाना बनाउँदै आएको छ । रासस/क्युएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
२०८३ भाद्र ३, बुधबार
मन्त्रिपरिषद् बैठकबाट ११ वटा प्रमुख निर्णय सार्वजनिक (सूचीसहित)
२०८३ भाद्र ३, बुधबार