श्रावण १, २०८२ बिहिबार July 17, 2025

शिक्षक सेवा आयोगले माग्याे ७७८ जना निमावि शिक्षक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षक सेवा आयोगले ७७८ जना निम्न माध्यामिक तहका शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले बुधवार एक सूचना जारी गर्दै निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षकका लागि खुला तथा समावेशी कोटामा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि सूचना जारी गरेको छ।

सूचनाअनुसार देशभर नेपाली विषयका ११७ जना, अङ्ग्रेजी विषयका १७६ जना, गणित विषयका १२८जना, विज्ञान विषयका १६३ जना, सामाजिक विषयका १२२ जना, गणित–विज्ञान विषयका ६५ जना, शुक्ल यजुर्वेद १, कम्प्युटर विज्ञान १ र संस्कृत भाषामा ५ जना शिक्षक माग गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया