काठमाण्डौंः सभामुख देवराज घिमिरेले मुलुकको समृद्धि र आर्थिक विकासका लागि दलहरुबीच सहमति आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सभामुख घिमिरेले मुलुकको राज्य व्यवस्था र सङ्घीयताका विरोधमा गलत प्रचार गरेर कतिपय मानिसहरूले मौकाको फाइदा उठाउन खोजिरहेकाले त्यसका विरुद्ध दलहरू एक हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो स्वार्थ र फाइदाका लागि गलत प्रचार गर्नेहरुको चाहना कहिले पनि पुरा नहुने बताउनुभयो ।
उहाँले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउँदै मुलुकको समृद्धि कायम गर्नुपर्नेमा जोड दिनुभयो । सभामुख घिमिरेले संसद्ले आफ्नो कार्यविधिभित्र रहेर मुलुकको आर्थिक स्थितिका बारेमा सर्वेक्षण गर्ने र कस्ता योजना बनाउनुपर्छ भन्ने विषयमा काम गर्ने बताउनुभयो ।
सभामुख घिमिरेले संसद्को अधिवेशन भर्खरै शुरु भएकाले एक वर्षको अनुभवसहित यसलाई गतिशिल बनाएर लैजान आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संसद्मा छलफलका लागि बिजनेसको खाँचो नरहेको र कतिपय बिजनेस समितिको छलफलमा रहेकाले समितिमा टुङ्गिएपछि त्यस्तो बिजनेस संसद्मा आउने बताउनुभयो । उहाँले सरकारले यसपालि ६१ वटा बिजनेस दिने तयारी गरेकाले ती विधेयकमा क्रमशः छलफल हँुदै जाने बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया