श्रावण २, २०८२ शुक्रबार July 18, 2025

५२ वर्षपछि नासाको चन्द्र अभियान, ९ दिन पछि पुग्नेछ चन्द्रमाको दक्षिणी ध्रुवमा

अवतरणपछि आईएम–१ ल्यान्डर ७ दिनसम्म चन्द्रमामा सक्रिय रहनेछ र नासासँग महत्वपूर्ण जानकारी आदान प्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फ्लोरिडा, ४ फागुन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५२ वर्षपछि फेरि चन्द्रमामा यान सुरु गरेको छ । मिशन अन्तर्गत फ्रेवुअरी १५ मा स्पेस एक्सले चन्द्रमा ल्यान्डर बोक्ने फ्याल्कन–९ रकेट प्रक्षेपण गर्‍यो।

यो रकेटले ओडिसियस ल्यान्डरलाई पृथ्वीको कक्षमा सफलतापूर्वक अलग गर्‍यो। रकेटमा नासाको प्रविधि प्रयोग गरिएको छ । यो अभियानले सन् २०२६ मा मानव अभियानको लागि मार्ग प्रशस्त गर्ने एजेन्सीले आशा राखेको छ।

फ्याल्कन–९ रकेट प्रक्षेपण भएको लगभग ४१ मिनेट पछि यसको इन्जिनहरू एक पटक फेरि सुरु भएका छन, जसले चन्द्रमा ल्यान्डर ओडिसियसलाई चन्द्रमामा लैजानको गति बढाउने छ। आफ्नो रकेटको साथ ल्यान्डर पठाउने संस्था स्पेस एक्सले आफ्नो एक्स ह्यान्डलमा यससँग सम्बन्धित जानकारी साझा गरेको छ। ना

साले निजी कम्पनीको चन्द्रमा ल्यान्डर चन्द्रमामा अवतरण गर्ने भएको छ । यो ल्यान्डर इन्ट्युटिभ मेसिन कम्पनीले बनाएको हो । ल्यान्डरको नाम ओडिसियस ल्यान्डर राखिएको छ ।

स्पेसएक्सका अनुसार ओडिसियस ल्यान्डरलाई आईएम–१ नाम दिइएको छ। स्पेसएक्स रकेट फेब्रुअरी १४ मा प्रक्षेपण गर्ने तालिका थियो तर प्राविधिक समस्याका कारण प्रक्षेपण हुन सकेन। आज फ्रेबुअरी १५ मा फ्याल्कन–९ रकेट सफलतापूर्वक प्रक्षेपण गरिएको हो । अहिलेसम्म सबै संयन्त्रले काम गरिरहेको छ ।

फ्लोरिडामा केनेडी स्पेस सेन्टरको प्रक्षेपणको बारेमा जानकारी दिइएको छ। यदि सबै कुरा ठीक छ भने आइएम ल्यान्डर २२ फेब्रुअरी २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ।

यो सम्पूर्ण अभियान कुल १६ दिनको हो, अवतरणपछि आईएम–१ ल्यान्डर ७ दिनसम्म चन्द्रमामा सक्रिय रहनेछ र नासासँग महत्वपूर्ण जानकारी आदान प्रदान गर्नेछ । नासा र आईएम कम्पनीले यो ल्यान्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको मालापर्ट क्रेटर नजिक अवतरण गर्न चाहन्छन्। यदि सबै कुरा ठीक भयो भने, आइएम १ ल्यान्डर ९ दिन पछि चन्द्रमाको सतहमा अवतरण हुनेछ। यो अभियान कुल दुई हप्ताको हो किनभने यसकाे दक्षिण ध्रुवमा अन्धकार रहेकाे छ ।

यसअघि सन् १९७२ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पुग्न एपोलो–१७ नामक मिसन प्रक्षेपण गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार