भाद्र ३१, २०८३ बुधबार September 16, 2026

जीप र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । कैलालीमा बुधबार दिउँसो जीप र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका- ६ लालपुरमा बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा जोशीपुर गाउँपालिका-२ का ३३ वर्षका गम्भीर कोटकेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले मृतकको साथबाट मतदाता परिचयपत्र भेटिएको र त्यसैको आधारमा सनाखत गरिएको जानकारी दिएका छन ।

जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया