काठमाण्डौंः काठमाडौँ शिक्षालय ललितपुरले अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।
शनिवार ललितपुर इमाडोलस्थित आफ्नो विद्यालय प्राङ्गणमा काठमाडौँ शिक्षालय बानेश्वरका प्रिन्सिपल डा. नवराज आचार्यको प्रमुख आतिथ्यता र सयौँको सङ्ख्यामा रहेका अभिभावक तथा विद्यार्थीको बीचमा विद्यार्थीहरूले विभिन्न कार्यक्रमहरू गरी अभिभावक दिवस मनाइएको हो ।
कार्यक्रममा सुप्रसिद्ध हिमाल आरोही प्रकाश राज पाण्डे, विद्यालयका प्रिन्सिपल प्रेमलता श्रेष्ठ, प्राणनाथ टोल सुधार समितिका अध्यक्ष राम बहादुर विष्ट, उपाध्यक्ष सूर्य बहादुर थापा, समाजसेवी नारायण पाण्डे, विद्यालयका शिक्षक शिक्षिकाहरू, कर्मचारीहरू र ठुलो सङ्ख्यामा अभिभावकहरूको उपस्थिति रहेको थियो ।
काठमाडौँ शिक्षालयले विगत १९ वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । एक वर्षदेखि नयाँ व्यवस्थापनले विद्यालयको व्यवस्थापन समाल्न थालेपछि नयाँ नयाँ योजनाका साथ गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।
यसै वर्षबाट सोही स्थानमा मोन्टेश्वरीको स्थापना गरी अभिभावकहरूको चाहाना बमोजिम प्रविधिको प्रयोगमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्न थालिएको छ । विद्यालयमा पढाइसँगै विद्यार्थीको चाहाना र रुचि बमोजिम विभिन्न क्रियाकलापहरू समेत गराइने प्रिन्सिपल प्रेमलता श्रेष्ठले बताउनुभयो । पढाइसँगै विभिन्न प्रकारका खेलकुदहरू, डान्स कक्षा, म्युजिक कक्षाहरू, स्काउटका कक्षाहरू समेत सञ्चालन गरिएको र जसबाट पढाइसँगै अन्य रुचिका क्षेत्रबाट विद्यार्थीहरू अगाडि बढ्न सक्ने प्रिन्सिपल श्रेष्ठ बताउनुहुन्छ ।
हाल विद्यालयमा दक्ष शिक्षक शिक्षिकाहरू मार्फत गुणस्तरीय शिक्षा प्रदान गरिएकोमा यसलाई अझ बढी प्रभावकारी ढङ्गबाट प्रविधिको प्रयोग गर्दै अभिभावकको चाहाना र विद्यार्थीको सिकाइ सहजता अनुसार शिक्षा प्रदान गरिने विद्यालय व्यवस्थापनले जनाएको छ । विद्यालयले यस्ता विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया