असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रिय युवा संघमा भागवण्डा मिल्योः युवा संघलाइ १६ र वाइसिएललाइ १५ विभाग हात लाग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः राष्ट्रिय युवा संघ, नेपालले केन्द्रीय विभाग र आयोगको एकता टुङग्याएको छ ।

युवा संघको एकता गर्न गठित कार्यदलले दिएको सुझाव अनुसार विभाग र आयोगको एकता सम्बन्धी काम टुङग्याइएको हो । युवा संघका सह-संयोजक रमेश पौडेलले ३१ विभागमा १६ विभाग तत्कालीन युवा संघ र १५ विभाग तत्कालीन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)को भागमा परेको छ ।

उनका अनुसार तत्कालीन युवा सङ्घलाई सङ्गठन, महिला, आर्थिक, प्रकाशन, योजना तथा अनुसन्धान, कृषि, विज्ञान तथा प्रविधि, खेलकूद, पेशागत, वित्त तथा सार्वजनिक, स्वास्थ्य, सामाजिक सेवा र प्रकृति प्रकोप तथा विपद् व्यवस्थापन, प्राकृति स्रोतसाधन, न्याय तथा कानून र इभेन्ट म्यानेजमेन्ट विभाग परेको छ ।

यस्तै वाइसिएललाई कार्यालय, प्रशिक्षण, विदेश, प्रचार, विकास निर्माण, उत्पादन तथा समृद्धि निर्माण, सहकारी, शिक्षा, श्रम तथा रोजगार, पर्यटन, उद्योग विभाग रहेका छन् । यस्तै घाइते, अपाङ्ग तथा योद्धा विभाग, कला संस्कृति तथा स्वमयसेवक, वन तथा वातावरण र मानवअधिकार विभाग रहेको छ ।

सह-संयोजक पौडेलले २१ सदस्यीय विभागका संयोजक र सह-संयोजक भागमा परेको तत्कालीन सङ्गठनले टुङग्याउने बताए । संयोजक र सह-संयोजक फरक-फरक सङ्गठनले पाउने छन् ।

यसैगरी लेखा आयोग र निर्वाचन आयोग तत्कालीन युवा सङ्घले तथा अनुशासन आयोग र विशेष प्रदेश कमिटी तत्कालीन वाइसिएलको भागमा गरेको छ । आयोग ४५ सदस्यीय हुने छ ।

युवा संघका संयोजक रामप्रसाद सापकोटाले अव प्रदेश कमिटीमा मात्र एकता टुङग्याउन बाँकी रहेको बताए । उनले प्रदेश कमिटीसँगै जिल्ला इन्चार्ज र सह-इन्चार्ज पनि चाँडै नै बाँडफाँड गरिने बताउनुभयो । २०७६ जेठ ३ गते दुई सङ्गठनबीच एकता घोषणा भएको थियो । एकतापछि युवा सङ्घको ३३५ सदस्यीय कमिटी रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार