कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

मधेशका मुख्यमन्त्री सरोज यादवले तेस्रोपटक पाए विश्वासको मत

विश्वासको मतको पक्षमा ६९ जना विपक्षमा ३५ मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आज (आइतबार) उनले विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री यादवलाई आज प्रदेश सभामा उपस्थित भएका १०४ सदस्यमध्ये विश्वासको मतको पक्षमा ६९ जनाले मतदान गरे । विपक्षमा ३५ मत परेको थियो । नेकपा (एमाले) र जनमत पार्टीका सांसदहरुले विश्वासको मत दिएनन् । प्रदेश सभामा रहेका एमाले र जनमतबाहेका दल र सांसदहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन् ।

मधेशमा एमालेका २४, कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्तिबाट १, राप्रपाबाट १ र १ स्वतन्त्र सांसद छन् । उनले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार