कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

राजमार्गमा विस्फोट हुँदा चार घाइते

सडकखण्ड फराकिलो पार्ने क्रममा अचानक विस्फोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुदूरपश्चिम, ९ फागुन : धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् ।

सडक मर्मतसम्भार गर्दै गरेको अवस्थामा भएको उक्त विस्फोटबाट एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एस्काभेटरले सडकखण्ड फराकिलो पार्ने क्रममा अचानक विस्फोट भएको हो ।” घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

चारैजनाको अनुहार र आँखामा चोट लागेको छ । उनीहरु बोल्नसक्ने अवस्थामा रहेका प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गरिएको छ । घाइते सबै कामदार रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार