कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

कोशीमा सरकार र पहिचान पक्षधरबीच ३ बुँदे सहमति (पत्रसहित)

आन्दोलनको क्रममा पहिचान पक्षधर नेताहरुमाथि लागेका मुद्दा फिर्ता लिन पहल गर्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच बुधबार वार्ता भएको छ ।

विराटनगरस्थित होटल इस्टर्न स्टारमा बुधबार भएको दोस्रो बार्तामा दुई पक्षबीच विभिन्न तीन बुँदामा सहमति भएको छ । गत २६ माघमा भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच पाँच बुँदे सहमति भएको थियो । बुधबार पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर आगामी वार्तासम्ममा पहल गर्ने सहमति भएको छ ।

त्यस्तै आन्दोलनको क्रममा पहिचान पक्षधर नेताहरुमाथि लागेका मुद्दा फिर्ता लिन पहल गर्ने सहमति पनि भएको छ । अदालतमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेस गर्न सरकार पक्षबाट २ जना र आन्दोलनरत पक्षबाट २ जना रहने गरी एक कार्यदल गठन गरिएको छ ।

आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने सहमति पनि भएको नेताहरुले बताएका छन् ।

१७ फागुन २०७९ मा प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि विभिन्न राजनीतिक दल र सामाजिक संघसंस्थाहरुले पहिचानको आधारमा पुन: नामकरण गर्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार