श्रावण ५, २०८२ सोमबार July 21, 2025

कैलालीमा ४ सय गाईगोरुका कंकाल फेला

सामुदायिक वनभित्र तारबार लगाएर राखिएका पाँच सयभन्दा बढी चौपायामध्ये चार सय बढी मरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कैलालीको गोदावरी नगरपालिका–९ को लक्ष्मी महिला सामुदायिक वनमा चार सयभन्दा बढी गाईगोरुका कंकाल फेला परेका छन् ।

सामुदायिक वनभित्रको कान्जी हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा चार सय बढी गाईगोरुका कंकाल फेला परेका हुन् ।

स्थानीयको खेतीपाती नोक्सान गरेको भन्दै वडाध्यक्ष रामलाल रानाको रहोबरमा गत साउन २ गते बसेको बैठकले लक्ष्मी महिला सामुदायिक वनभित्र पशुचौपाया राख्ने निर्णय गरेको थियो । सामुदायिक वनभित्र तारबार लगाएर राखिएका पाँच सयभन्दा बढी चौपायामध्ये चार सय बढी मरेका हुन् । सामुदायिक वनमा तारबार गरेर छाडा पशुचौपाया राख्ने र हरेक घरबाट महिनामा एक सय रुपैयाँ उठाएर हेरालु राख्ने निर्णय भएको थियो ।

लक्ष्मी सामुदायिक वनकी अध्यक्ष अनिता चौधरीले वडाध्यक्ष रामलाल रानाले छाडा पशुचौयापाका लागि वडामा बजेट नभएको बताएपछि हरेक घरबाट एक सय रुपैयाँ संकलन गरेर ६ जना हेरालुसमेत राखिएको जानकारी दिइन् । मासिक आठ हजार तलब दिने गरी आठ जना हेरालु राखेका थियौं । ती पशुलाई चिसोमा बस्ने ओत र खाना नभएपछि मर्न थालेका हुन्’, उनले भनिन् ।

चार सय बढी चौपाया मरेको खबरपछि वडाध्यक्ष राना आत्तिएका छन् । उनले आफूलाई पशुचौपाया मरेका बारे कसैले जानकारी नगराएको बताए । भदौदेखि मर्न थालेका चौपाया माघसम्म निरन्तर मर्ने क्रम नरोकिँदा पनि वडाध्यक्ष रानाले आफूलाई कुनै जानकारी नै नभएको बताए ।

वडा नम्बर ९ को कार्यालय र कान्जी हाउस नदीको वारि–पारि छ । वडा कार्यालयमा एक जना पशु स्वास्थ्यकर्मी पनि छन् । हेरालुले गाई मरिरहेको खबर गाउँभरि फैलाएको स्थानीय बताउँछन् । ‘भदौदेखि नै कान्जी हाउसका गाईहरू मर्न थालेका छन् भन्ने सुनेको हुँ’, स्थानीय ७३ वर्षका डिल्लीसिंह खत्रीले भने ।

वडा कार्यालयको लापरवाहीकै कारण पशु चौपाया मरेको स्थानीयको आरोप छ । वडा कार्यालयका पशु स्वास्थ्यकर्मी रोशन पन्तले पनि कान्जी हाउसका पशु मरेको कुरा आफूलाई थाहा नभएको बताए । वडा कार्यालयको भवनमै रहेको पशुपन्छी उपचार केन्द्रबाट कान्जीहाउस बढीमा पाँच सय मिटरको दूरीमा छ । स्थानीय विराज विष्टले कान्जी हाउसमा पशुचौपाया हुलेर राखेको र तिनको उपचार, खाना र ओतको ब्यवस्था नगरिएकाले गौहत्या भएको आरोप लगाए ।

‘कान्जी हाउसको सबै जिम्मेवारी नगरपालिका र वडाको हो । अहिले वडाका कसैले पनि हामीलाई थाहा छैन भनेर पन्छिरहेका छन् । यो सुनियोजित रूपमा गरिएको गौहत्या हो’, विष्टले भने । सामुदायिक वनमा २/३ कठ्ठामा तारबार लगाइएको छ । त्यसभित्र पाँच सयभन्दा बढी पशुचौपाया राखिएको थियो । त्यसमध्ये चार सय मरिसकेका छन् । मरेका केही पशुचौपाया तारबारभन्दा बाहिर यत्रतत्र फालिएका छन् भने आधाभन्दा बढी तारबारभित्रै छन् ।

तारबारभित्र अहिले पनि एक सय २० गाईगोरु राखिएका छन् । ती गाईगोरु मरेका गाई गोरुको सिनो वरिपरि बस्न बाध्य छन् । भदौबाट मर्न थालेका पशुचौपाया माघसम्म लगातार मरेको हेरालु नरबहादुर बोहराले बताए । ‘दानापानी भएन । चिसोमा ओत लाग्ने ठाउँ पनि भएन । शरीरमा फोकाफोका पनि आएका छन् । त्यसपछि चौयापा मर्न थाले’, उनले भने । कात्तिक १५ गतेदेखि हेरालुका रूपमा काम गर्न थालेका बोहराले सबैभन्दा बढी गाईगोरु माघमा मरेको बताए । ‘माघमा चिसो धेरै भयो । चरन क्षेत्र पनि सुक्खा बगरजस्तै छ । खानेकुरा पनि केही भएन’, उनले भने ।

उनका अनुसार हिउँदको कठ्यांग्रिँदो चिसोमा पशुचौपाया खुला आकाशमै राखिएका थिए भने खानाका लागि कुनै व्यवस्था नै गरिएको थिएन । अन्नपुर्ण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार