श्रावण ५, २०८२ सोमबार July 21, 2025

आयात २१ अर्बले घट्यो बढ्न सकेन निर्यात

निर्याततर्फ सबैभन्दा धेरै छ अर्ब सात करोड रुपियाँसहित गलैँचा शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो ।

गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ खर्ब ८४ अर्ब रुपियाँको कुल व्यापार देखिन्छ । कुल व्यापारमा ९१ प्रतिशतभन्दा बढी हिस्सा आयातको रहे पनि आयात करिब २१ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ ।

माघसम्म नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत वर्ष माघसम्म नौ खर्ब १९ अर्ब १६ करोड रुपियाँको वस्तु आयात भएको थियो ।

सुधारको लय समातेको निर्यात पनि बढ्न सकेको छैन । गत वर्ष माघसम्म ९३ अर्ब ४३ करोड रुपियाँको वस्तु निर्यात भएकोमा यस वर्ष माघसम्म ७.०७ प्रतिशतले घटेर ८६ अर्ब ८३ करोड रुपियाँको मात्र निर्यात भएको देखिन्छ ।

कुल वस्तु आयातमध्ये सबैभन्दा धेरै आयात हुनेमा डिजेल रहेको छ । माघसम्म ७७ अर्ब ४१ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि ३८ अर्ब ८२ करोड रुपियाँको पेट्रोल आयात भएको छ । पेट्रोलपछि ३० अर्ब ३१ करोड रुपियाँको एलपी ग्यास, २२ अर्ब ६६ करोड रुपियाँको फलाम र १७ अर्ब ३८ करोड रुपियाँको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्क छ ।

निर्याततर्फ सबैभन्दा धेरै छ अर्ब सात करोड रुपियाँसहित गलैँचा शीर्ष स्थानमा छ । त्यसपछि ठुलो अलैँची चार अर्ब ४४ करोड रुपियाँको निर्यात भएको तथ्याङ्कले देखाउँछ । चार अर्ब २१ करोड रुपियाँको फलामे छड आयात भएको छ । छड निर्यातमा सरकारले अनुदान बढाउँदा त्यसको प्रभाव फलामे छड निर्यातमा देखिएको छ ।

समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै भारतबाट पाँच खर्ब ५४ अर्ब ७५ करोड रुपियाँको वस्तु आयात गरेको छ भने ५८ अर्ब ७२ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । चीनबाट एक खर्ब ७३ अर्ब नौ करोड रुपियाँको वस्तु आयात हुँदा एक अर्ब ८५ करोड रुपियाँको वस्तु निर्यात भएको छ । त्यसपछि संयुक्त अरब इमिरेट्सबाट १५ अर्ब ६९ करोड रुपियाँको वस्तु आयात भएको देखिन्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार