श्रावण ५, २०८२ सोमबार July 21, 2025

कांग्रेस महासमित बैठकः थापाको पारित प्रतिवेदनले गठबन्धन संकटमा ?

चुनावी गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव बहुमतले पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ। निर्वाचनअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रूख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री थापाले महासमिति बैठकमा प्रतिवेदन पेस गरेका थिए।

सुरुमा सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको प्रतिवेदनमा भएको सो वाक्यांश हटाएर महासमिति बैठकमा पेस गर्न भनेका थिए। सो विषयले गठबन्धनमा उत्तारचढाव आउने र आफ्नो प्रधानमन्त्री बन्ने भविष्य नै खतरामा पर्नसक्ने संकेतका रूपमा बुझेका देउवाले त्यसपछि बूढानीलकण्ठमा पदाधिकारी बैठकसमेत राखेका थिए।

कांग्रेसप्रति खनिनथाले माओवादी कार्यकर्ता

महामन्त्री थापा सो प्रतिवेदन महासमिति बैठकमा पेस गर्ने, बरू त्यही समितिबाट पारित नभए आफूले मान्ने भन्दै टसमस नभएपछि अन्तिम समयमा सभापति देउवाले सहमति जनाएका थिए ।

त्यसपछि ८ फागुनमा महामन्त्री थापाले सांगठनिक प्रस्ताव पेस गरेका थिए । ७ फागुनदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकले चुनावी गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव पारित गरेको हो ।

थापाले प्रस्तावमा भनेका छन्, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रूखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’

थापाको सो प्रस्ताव महासमितिको बैठकले पारित गरेको हो । यससँगै उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव पनि पारित भएका छन् । लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखापरीक्षण प्रतिवेदनसमेत सर्वसम्मतिले पारित भएको छ ।

कांग्रेस महासमिति बैठकले आगामी दिनमा गठबन्धन नगर्ने प्रस्ताव पारित गरेसँगै सत्ता गठबन्धनको सत्ता साझेदारी दल नेकपा (माओवादी) केन्द्रलाई उकुसमुकुस भएको छ । माओवादीका नेताहरूले सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि कांगे्रसले पारित गरेको सो प्रस्तावका कारण आक्रोश पोख्नेक्रम जारी छ ।

महामन्त्री थापाको प्रस्तावमा छलफल सुरु भएलगत्तै प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट माओवादी युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बुधबार फेसबुकमा स्टाटस लेख्दै कांग्रेसलाई चेतावनी दिएका थिए । ‘गोदावरीतिर चुमुकचुमुक गरिरहेका साथीहरूले बेलैमा बुझून्, हाम्रो काँध चढेर तिम्रो कद उँचो भएको हो, छाडेको दिन पुड्को हुनुपर्छ,’ सापकोटाले लेखेका थिए । त्यसपछि माओवादी अध्यक्षनिकट नेताहरूले एकपछि अर्को गर्दै कांग्रेसविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

त्यसो त यसअघि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि कोशी प्रदेशको निर्वाचनबाट आएको नतिजापछि आक्रोश पोखेका थिए । ‘कांग्रेसले सुरुबाटै हामीलाई धोका दिएको छ, हामी ५४ सिटबाट ३२ मा झ¥यौं, हामीले इमानदारितापूर्वक कांग्रेसलाई भोट दियौं, तर उनीहरूले दिएनन्,’ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘कोशी प्रदेशमा हामीले मुख्यमन्त्री, सभामुख र राष्ट्रिय सभा सदस्य पनि गुमाउनुप¥यो, कोशीकै कमरेडहरूले पनि कांग्रेससँगको गठबन्धनले हामीलाई राजनीतिक फाइदा छैन भन्नुभएको छ, राजनीतिक रूपमा हेर्ने हो भने पनि कांग्रेसले प्रधानमन्त्री बनाएको होइन, यसैले पटक–पटक धोका दिँदै आएको कांग्रेससँगको सहकार्य माओवादीका लागि विचारणीय प्रश्न हो ।’

यसअघि माओवादीको केन्द्रीय समिति बैठकमा पनि प्रचण्डले माओवादी पार्टी एक्लै निर्वाचन लड्नेगरी तयारी गर्नुपर्ने आशय व्यक्त गरेका थिए । उनले यसो भन्नुमा कांग्रेसले अबको गठबन्धनमा आफूहरूलाई साथ दिँदैन भन्ने अड्कलकै कारण एक्लै निर्वाचन लड्ने अभिव्यक्ति दिएका हुन् ।

कांग्रेसले २०८४ सालको निर्वाचनमा गठबन्धन नगर्ने महासमिति बैठकबाट पारित भएसँगै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । विकसित राजनीतिक घटनाक्रमलाई हेर्दै प्रचण्डले एमाले अध्यक्षसँग सहकार्यको सम्भावना खोजे पनि ओली भने अहिले नै माओवादीसँग गठबन्धन गरेर जान तयार छैनन् । प्रचण्डको फेरिइरहने चरित्रका कारण एमाले अध्यक्ष ओली सोचमग्न छन् ।

नेपाललाई धर्मनिरपेक्ष बनाउनु दुर्भाग्य : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाललाई धर्मनिरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन् । बिहीबार महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले धर्मनिरपेक्ष र सापेक्ष नभई स्वतन्त्र हुने बताए ।

उनले धर्मनिरपेक्ष बनाउनु नै गलत भएको बताए । उनले ३ सय ६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरू बन्ने कुरा राम्रो नहुने बताए । ‘धर्मसम्बन्धी एउटा कुरा हो, धर्म न निरपेक्ष हुन्छ, न सापेक्ष हुन्छ, धर्म स्वतन्त्र हुन्छ, चार तारामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो, धर्म स्वतन्त्र हुन्छ, तर दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायौं,’ नेता डा. कोइरालाले भने, ‘यो गलत हो, हाम्रो पार्टी कमजोर छैन, हामीले गठबन्धन गर्नुपर्ने आवश्यकता म देख्दिनँ, गठबन्धन आफ्ना साथीहरूसँग गर्नूस्, नेपाली कांग्रेसको जुन मत खस्छ, त्यो ३ सय ६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरूको बन्ने त्यस्तो कांग्रेस हामीलाई चाहिँदैन, निर्वाचनभन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य हो, गठबन्धन त निर्वाचन भइसकेपछि सरकार बनाउँदा गर्नुपर्छ ।’ उनले निर्वाचनभन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य भएको बताए ।

हिन्दूराष्ट्रको मागमा १ हजार ६३ महासमिति सदस्यको हस्ताक्षर सभापतिलाई बुझाइयो

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा संविधानमा रहेको धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र राख्नुपर्ने मागमा हजारभन्दा धेरै महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । उनीहरूले हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाएका छन् । शंकर भण्डारीले हिन्दूराष्ट्रका लागि गरेको हस्ताक्षर सभापति देउवालाई बुझाएका हुन् ।

बिहीबार गोदावरीस्थित महासमिति बैठकमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर देउवालाई बुझाएको भण्डारीले बताए । भण्डारीले महासमिति बैठकको बन्दसत्रमै सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन् ।

सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दूराष्ट्र बनाउनुपर्ने आफूहरूको पूरक प्रस्ताव मूल प्रस्तावमा समावेश भएर आउनुपर्ने बताए । नेता भण्डारीले धर्म निरपेक्ष खारेज गरी हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताए । कांग्रेसको २०७५ सालमै भएको महासमिति बैठकमा पनि हिन्दूराष्ट्र घोषणा माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो ।

त्यतिबेला ७ सय १७ जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए । कांग्रेसमा झन्डै २ हजार ३ सय महासमिति सदस्यहरू छन् । ३ र ४ फागुनमा सानेपामा बसेको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यले महासमिति बैठकमा सनातन हिन्दूराष्ट्रका पक्षमा उभिन माग गर्दै पूरक प्रस्ताव ल्याएका थिए । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार