श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

टचडाउनको दुई घण्टापछि कम्पनीको घोषणाअनुसार अन्ततः डाटा प्रवाह सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए ।

खराब सञ्चार भए पनि यानको निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी इन्ट्युटिभ मसिन्सले यानले सिँधै अवतरण गरेको पुष्टि गरेको छ । यद्यपि यान चन्द्रमाको दक्षिणी ध्रुवनजिक आफ्नो इच्छित गन्तव्यमा पुगेको थियो वा थिएन भन्नेबारे कम्पनीले कुनै थप विवरण दिएको छैन । यानबाट कमजोर सङ्केत प्राप्त हुने बित्तिकै कम्पनीले आफ्नो लाइभ वेबकास्ट बन्द गरेको थियो ।

मिसन निर्देशक टिम क्रेनले कम्पनीको ह्युस्टन नियन्त्रण केन्द्रमा तनावको स्थितिको बारेमा भन्नुभयो, “निःसन्देह हाम्रो उपकरणहरू चन्द्रमाको सतहमा भएको हामी पुष्टि गर्न सक्छौँ ।” इन्ट्युटिभ मसिन्सका कार्यकारी प्रमुख स्टिभ अल्टेमसले भन्नुभयो, “मलाई थाहा थियो यो ठूलो चिन्तापूर्ण र तनावपूर्ण थियो तर हामी सतहमा छौँ र प्रसारण गर्दैछौँ, चन्द्रमामा तपाईंलाई स्वागत छ ।”

टचडाउनको दुई घण्टापछि कम्पनीको घोषणाअनुसार अन्ततः डाटा प्रवाह सुरु भएको छ । नासाको प्रसिद्ध अपोलो मुनवाकर्सपछि पहिलो पटक अवतरणले अमेरिकालाई सतहमा फर्काएको छ ।

इन्ट्युटिभ मसिन्स चन्द्रमामा अवतरण गर्ने पहिलो निजी व्यवसाय पनि बनेको छ । यो उपलब्धि केवल पाँच मुलुकले मात्र हासिल गरेका छन् । अर्को अमेरिकी कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीले गत महिना यसलाई सट दिएको थियो तर चन्द्रमामा पुग्न सकेन र यान पृथ्वीमा फर्कँदा दुर्घटनाग्रस्त भयो । दुवै कम्पनी चन्द्र अर्थतन्त्रलाई गति दिनका लागि नासा समर्थित कार्यक्रमका हिस्सा हुन् ।

एस्ट्रोबोटिक सबैभन्दा पहिला बधाई दिने मध्येको एक थियो । “एउटा अविश्वसनीय उपलब्धि, हामी निकट भविष्यमा चन्द्रमाको सतहमा तपाईंसँग सामेल हुनका लागि प्रतीक्षा गर्न सक्तैनौँ”, कम्पनीले सामाजिक सञ्जाल एक्समा भनेको छ । नासाका प्रशासक बिल नेल्सनले ट्विट गर्नुभयो, “इन्ट्युटिभ मसिन्सले जीवनभरको अवतरणलाई गति दियो ।”

यानको नेभिगेसन प्रणाली विफल हुँदा अवतरणअघिको अन्तिम केही घण्टा थप तनावपूर्ण बनेको थियो । कम्पनीको उडान नियन्त्रण टोलीले प्रगोगात्मक नासा लेजर प्रणालीलाई कार्यान्वयनमा ल्याउनुपर्यो । यानले अन्तिम मिनेटको स्विचका लागि समयको अनुमति दिनका लागि चन्द्रमाको चारैतिर थप एउटा चक्कर लगाउनुपर्यो ।

अन्ततः उक्त परिवर्तनसँगै ओडिसियस चन्द्रमा–स्किमिङ कक्षबाट उत्रियो र दक्षिणी ध्रुवनजिकै सबै चट्टान र क्रेटरहरूको बिचको तुलनात्मकरूपमा समतल स्थानलाई लक्ष्य बनाउँदै सतहतर्फ निर्देशित भयो ।

निर्दिष्ट टचडाउनको समय आयो र गयो, कम्पनीको कमान्ड सेन्टरका नियन्त्रकहरू उत्सुकतापूर्वक करिब चार लाख किलोमिटर टाढा अन्तरिक्ष यानबाट सङ्केतको प्रतीक्षा गरिरहेका थिए । करिब १५ मिनेटपछि कम्पनीले यानबाट कमजोर सङ्केत प्राप्त भएको घोषणा गर्यो ।

गत सात प्रक्षेपण गरिएको छ फुटको कार्बन फाइबर र टाइटेनियम यान (१४ फिट अग्लो) नासका लागि छ वटा प्रयोग थिए । केही वर्षमा अन्तरिक्ष याात्रीहरूको योजनाबद्ध फिर्ता हुनुअघि पहिलो चन्द्रमा डेलिभरीको व्यावसायीकरण गर्ने प्रयासको हिस्सास्वरूप अन्तरिक्ष एजेन्सीले कम्पनीलाई यान बनाउन र उडानका लागि ११ करोड ८० लाख डलर दिएको थियो । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार