वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

शिक्षक हुन चाहनेहरुको क्षमतामा गम्भिर प्रश्न, ५ प्रतिशत मात्रै उत्तीर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । शिक्षक सेवा आयोगले बुधबार सार्वजनिक गरेको प्राथमिक तहको लाईसेन्स नतिजाले शिक्षक हुन चाहनेहरुको क्षमतामा गम्भिर प्रश्न उब्जाएको छ । आयोगले गत असोजमा लिएको परीक्षाको सार्वजनिक नतिजा अनुसार परीक्षाका सहभागी ६६ हजार ५ सय ६७ जना मध्ये ३ हजार ८ सय ८२ परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् । यो जम्मा ५ दशमलब ८३ प्रतिशत हो ।

परीक्षामा सहभागी ५ हजार भन्दा धेरै उम्मेद्वारले उत्तर पुस्तिकामा केही पनि नलेखेको आयोग श्रोतले जनाएको छ । परीक्षामा प्रदेश १ बाट सहभागी ९ हजार ८ सय ११ मध्ये ९ सय ३ जना मात्रै उत्तीर्ण भएका आयोगले जनाएको छ । यसै गरी प्रदेश २ बाट सहभागी १० हजार ६ सय ८९ मध्ये ३ सय ४९, बाग्मतीबाट सहभागी ८ हजार ४८ मध्ये ६ सय ६० र ७ हजार १ सय ३२ सहभागी गण्डकी प्रदेशबाट जम्मा ५ सय २१ मात्रै उत्तीर्ण भएका छन् । यसैगरी प्रदेश ५ बाट परीक्षामा सहभागी ११ हजार १ सय ३१ मध्ये ८ सय २७, कर्णालीबाट १२ हजार ७० मध्ये ३ सय ७० र सुदुरपश्चिमबाट सहभागी ७ हजार ६ सय ८१ मध्ये २ सय ५२ मात्रै उत्तीर्ण भएका आयोगले जनाएको छ ।

प्राथमिक तहका शिक्षक हुन १२ कक्षा उत्तीर्ण हुनु पर्छ । १२ कक्षा पास भएका विद्यार्थीको उत्तरपुस्तिका हेर्दा उनीहरुमा परीक्षाको तयारी गर्नु पर्छ भन्ने भावना क्रमशः हराउँदै गएको भन्दै आयोगका अध्यक्ष ताना गौतमले चिन्ता व्यक्त गरे । लोकसेवा आयोगमा सहभागी विद्यार्थीको तथ्याङ्क हेर्दा यस्तो विकराल अवस्था नदेखिए पनि शिक्षक हुन चाहनेहरुको अवस्थाले हाम्रो शैक्षिक उत्पादनमा गम्भिर भएर सोचनु पर्ने अवस्था आएको उनको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया