कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

न्यायपालिकालाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्छ : प्रधानन्यायधिश श्रेष्ठ

संविधानले प्रदान गरेको भुमिका र न्यायलय प्रतिको जनताको अपेक्षालाई पुरा गर्ने तर्फ सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाणंडौंः प्रधानन्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालको संविधानले न्यायपालिकालाई नागरिकको हक अधिकारको संरक्षण र विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्ने दायित्व सुम्पेको बताउनुभयो ।
जिल्ला अदालत मकवानपुरको नवनिर्मित ७१ कोठे भवनको सोमबार उद्घाटन गर्नुहुँदै प्रधानन्याधिश श्रेष्ठले संविधानले प्रदान गरेको भुमिका र न्यायलय प्रतिको जनताको अपेक्षालाई पुरा गर्ने तर्फ सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन, जवाफदेहिता र उत्तरदायित्व लगायत न्यायिक मुल्य मान्यताको प्रवद्र्धन गर्ने विषय चुनौतीपूर्ण रहेको  बताउनुभयो   । सेवाग्राहीको अपेक्षा अनुरुपको काम कारवाहीबाट मात्रै अदालतप्रतिको विश्वासलाई बढाउन सकिने प्रधानन्यायधिश श्रेष्ठको भनाई छ ।प्रधानन्यायधिश श्रेष्ठले न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना निर्माणको प्रक्रियालाई अघि बढाएको दाबी गर्नुभयो । उहाँले योजनाबद्ध सुधारको प्रक्रियालाई न्यायपालिकाले आत्मसात गर्दै आएको बताउनुभयो । प्रधानन्यायधिश श्रेष्ठले जिल्ला अदालतहरुमा पनि मुद्धाको पेशी तोक्ने सन्दर्भमा छिट्टै स्वचालित पद्धति लागु गरिने उल्लेख गर्नुभयो । मुद्धाको अनलाइन रजिष्ट्रेशन कार्य अन्तिम चरणमा रहेको समेत उहाँले बताउनुभयो । प्रधानन्यायधिश श्रेष्ठले आमनागरिकहरुको अपेक्षा प्रति न्यायपालिका संवेदनशील रहेको पनि उल्लेख गर्नुभयो ।

प्रधानन्यायधिश श्रेष्ठले नवनिर्मित सुविधा सम्पन्न भवनबाट सम्पादन हुने काम कारवाहीमा थप प्रभावकारीत आउने समेत विश्वास व्यक्त गर्नुभयो । नवसिर्जनशिल÷स्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । तर मूल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।समयमै भवन निर्माण सम्पन्न गरेको भन्दै उक्त अवसरमा निर्माण कम्पनी श्री कविन्द्र नवसिर्जनशिल स्टेट जेभि सिनामंगललाई सम्मान समेत गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार