कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

मुलुकमा सुशासन कायम गर्न संसदको भूमिका महत्वपूर्ण

सुशासनका लागि बनेको ऐन र कानून संशोधन र पुनरावलोकन गर्न निर्देशन दिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा सुशासनका लागि विधिको शासन आवश्यक विषयमा छलफल भएको छ ।

मंगलबार सिंहदरबारमा भएको छलफलमा समिति सदस्यहरुले मुलुकमा सुशासन कायम गर्नका निम्ती संसदको भूमिका महत्वपूर्ण हुने तर्क राखे ।

त्यस्तै, समितिले मुलुकमा सुशासन कायम गर्नका निम्ति बनेको कानूनको संशोधन र पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिने भएको छ ।

समिति सभापति प्रकाश पन्थले बैठकमा सुशासन कायम गर्नका लागि विधिको शासन आवश्यक रहेको निष्कर्ष निकाल्दै सुशासनका लागि बनेको ऐन र कानून संशोधन र पुनरावलोकन गर्न निर्देशन दिने निर्णय गरेको बताए । यसअघि राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बैठकमा बोल्दै सांसदहरु संसदको नियम र कानून अनुसार चल्नुपर्ने बताए ।

उनले भने, ‘सांसदहरु प्नि नियम अनुसार चल्नुपर्छ । सांसदहरुका लागि समय ज्यादै महत्वपूर्ण हुन्छ । हल्ला गरेर, ज्यादा बोलेर जसरी पनि आफ्ना विषय राख्ने भए संसद गतिशिल हँुदैन् । हाम्रो संसद पितापुर्खाले जनताका हक र अधिकारहरुका लागि संघर्ष गर्दै आउँदा विकसित भएको सांस्कृतिक पहिचान हो । त्यसकारण कमी कमजोरी औल्याएर संसद, संविधान र नियमअनुसार चल्नुपर्छ ।’

जनताबाट निर्वाचित भएका सांसदहरुले जनताको न्याय र हकका निम्ति गतिशिलता देखाउनुपर्ने उनको भनाइ छ । उनले अघि भने, ‘मैंले अध्ययन गरेका दुईवटा कुरा के हुन् भने एउटा जनता र उनीहरु आफैले पालना गर्नुपर्ने कानन निर्माण हो । दोस्रो सरकारले गर्ने खर्च, लगाउने कर जनताका लागि संविधानले दिएको अधिकार हो । यसको कार्यान्वयन ठिक हिसाबले गर्नुपर्दछ । कर र खर्च व्यवस्थापन संसदले व्यवस्थापन गर्नुपर्छ ।’

संघीय संसदअन्तर्गत प्रतिनिघि सभा मर्यादित नभएको मात्रै नभै अहिलेको जति अराजक कुनै संवैधानिक निकाय नभएको बताए । उनले भने, ‘अहिलेको अवस्था राष्ट्रिसभा मर्यादित छ । प्रतिनिधि सभा मर्यादित हुन सकेको छैन् । अहिलेको जत्तिको प्रतिनिधि सभा अराजक अरु छैन । सभामुखको काम तत्कालिन सभामुख दमननाथ ढुंगाना जति कसैले गर्न सकेको छैन् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार