असार ३२, २०८२ बुधबार July 16, 2025

विद्यालयमा हाजिर नभएको अवधिको तलब भत्ता लिएका शिक्षक विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

शिक्षक बालेश्वर यादवविरुद्ध एक लाख ३० हजार ८४३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयमा विद्यालयमा अनुपस्थित रहेको वेला तलब भत्ता लिएका शिक्षक र दिलाउने विद्यालयका प्राध्यापक विरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ ।

आयोगले आज विशेष अदालतमा राष्ट्रिय माध्यमिक विद्यालय, लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवविरुद्ध ६४ हजार नौ सय रुपियाँकाे भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खुला कोटाअन्तर्गत न्यूरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५/०७६ देखि तीनवर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर यादवविरुद्ध एक लाख ३० हजार ८४३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सो समयमा तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोजदेखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालय समेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपियाँ भुक्तानी दिएको आरोप लागेको छ ।

यस्तै, भोली यादव प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव मिति २०७७ साल माघदेखि २०७८ साल कात्तिकसम्म ३४ दिन फर्जी हाजिरी गराइ ३३ हजार ६१८ रुपियाँ तलब भत्ता दिलाएको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया