श्रावण १२, २०८१ शनिबार July 27, 2024

निर्वाचन आयोगले उपनिर्वाचनका लागि फागुन २८ गते नामावली प्रकाशन गर्ने

अद्यावधिक गरिएको अन्तिम मतदाता नामावली चैत्र २२ गते प्रकाशन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि यही फागुन २८ गते मतदाता नामावली प्रकाशन हुने भएको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, स्वीकृत भएसँगै २८ गते नामावली प्रकाशन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन  फागुन २९ गतेदेखि  चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

सो अवधिमा अनलाइन वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानून बमोजिम छानविन गरी अद्यावधिक गरिएको अन्तिम मतदाता नामावली चैत्र २२ गते प्रकाशन गरिने आयोगले जनाएको छ ।

अद्यावधिक मतदाता नामावली स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको मूल आधार भएकोले आफ्नो मतदाता विवरणमा रहेका त्रुटि सच्याउने कार्यक्रममा सहभागी हुन आयोगले सबैलाई आह्वान गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार