असार २२, २०८२ आइतबार July 6, 2025

डिन नियुक्तिको बिरोधमा अनेरास्ववियुद्धारा आईओएममा बिहिबारदेखी अनिश्चितकालिन तालाबन्दी,

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले चिकित्सा शास्त्र अध्ययन संस्था (आईओएम) को नयाँ डिनमा प्रधानमन्त्रीका निजि चिकित्सक प्रा.डा. दिव्यासिंह शाहलाई नियुक्त गरेको विरोधमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्था (आईओएम) को कार्यालयमा तालाबन्दी गरेको छ ।

वरिष्ठता मिचेर शाहलाई नियुक्त गरिएको निर्णय सच्याउनुपर्ने उनीहरको माग छ । अनेरास्ववियुको चिकित्सा क्याम्पस कमिटिले महाराजगन्‍जस्थित डिनको कार्यालयमा बिहिबारदेखी अनिश्चित तालाबन्दी लगाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दवाबमा उपकुलपति धर्मकान्त बाँस्कोटाले वरिष्ठताको सूचीमा ३३ औं नम्बरमा रहेकी शाहलाई नियुक्ति गरेका हुन् । शाह प्रधानमन्त्री ओलीको निजी चिकित्सक हुन् । उनको नियुक्तिमा आईओएमका चिकित्सक र कर्मचारी पनि असन्तुष्ट छन् ।

क्याम्पस कमिटीका अध्यक्ष विनय पंगेनीले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डिनको रिक्तता, सर्च कमिटीको बनावट, त्यस कमिटीले गरेको अवैज्ञानिक सिफारिस अमुक व्यक्तिलाई डिन नियुक्त गर्न गरिएको डिजाइन स्पष्ट छ,’ ‘उच्च पदस्थ राजनीतिक व्यक्तित्वको चाकडी गरी पद हत्याउने प्रवृत्तिको घोर भर्त्सना गर्दछौं ।’

अखिलले प्राध्यापक डा. गोविन्द केसीको आन्दोलनले स्थापित गरेको योग्यता, क्षमता र वरिष्ठताको आधारमा डिन नियुक्ति गर्ने थितिलाई निरन्तरता दिन समेत माग गरेको छ । त्रिवि कार्यकारी परिषद्ले डिन नियुक्त गर्ने निर्णय नसच्याएसम्म तालबान्दी र आन्दोलनको कार्यक्रम जारी राख्ने पंगेनीले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार