श्रावण १२, २०८१ शनिबार July 27, 2024

अनलाइनबाट हुने हिंसा न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्छः मन्त्री शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइनका माध्यमबाट हुने हिंसालाई न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ अन्तरक्रियामा मन्त्री शर्माले अनलाइनको खतराको विकसित प्रकृतिलाई न्यूनीकरण गर्न स्थानीयस्तरसम्म डिजिटल शिक्षालाई विस्तार गर्न जरुरी रहेको बताउनुभयो ।

“प्रविधि आफैँमा पूर्वाग्रही हँुदैन । हिंसाको अन्त्य गर्न प्रविधिको भूमिका महत्त्वपूर्ण छ । अनलाइनको सदुपयोग गर्न सकेमा हामीले धेरै लाभ लिन सक्छौँ”, उहाँले भन्नुभयो, “सरकारी, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा विद्यालयस्तरका पाठ्यक्रममा अनलाइनको सदुपयोगबारे सचेतना जगाउन आवश्यक छ ।” उहाँले डिजिटल शिक्षालाई ग्रामीणस्तरसम्म विस्तार गर्न जरुरी रहेको समेत उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले अनलाइनबाट हुने हिंसाको न्यूनीकरणसम्बन्धमा सरकारले कानुनी व्यवस्था गरी सम्बोधन गर्ने बताउनुभयो । “विश्वव्यापी सामाजिक सञ्जालको प्रयोग र नियमनलाई सरकारले बेवास्ता गर्न सक्दैन । यसबारे सरकार सजग छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय साइबर सुरक्षा नीति, सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐनमा गरिएका व्यवस्थाले अनलाइनबाट हुने हिंसा न्यूनीकरणमा सहयोग गर्नेछ ।”

महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले प्रविधिलाई जीवनोपयोगी बनाउन जरुरी रहेका बताउनुभयो । “अनलाइनबाट हुने महिला हिंसा निवारणमा आयोगले सञ्चालन गरेको यो कार्यक्रम आरम्भमात्र हो । आयोगका गतिविधिलाई गुणात्मक, परिणात्मक बनाउन सबै सरोकारवालासँग समन्वय, सहकार्य गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष पराजुलीले लैङ्गिक हिंसा निवारण, बदलिँदो हिंसाका स्वरुपलगायतका विषयलाई विद्यालयस्तरका पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले अनलाइनमा महिला सुरक्षाका अवस्था, समस्या तथा चुनौती र समाधान सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको माघसम्म अनलाइनमार्फत पीडित भएका महिलाबाट पाँच हजार एक सय ३१ निवेदन आएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय आर्थिक ठगीका निवेदन बढी आएको उल्लेख गर्नुभयो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले अनलाइनबाट महिला हिंसाका गतिविधि न्यूनीकरण हुन महिला आफैँ सजग, सचेत हुन पनि जरुरी रहेको बताउँदै महानगरपालिकाले कानुनी सचेतनाका कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले महिला हिंसा न्यूनीकरणमा महिला, पुरुष दुवै साथसाथै अगाडि बढ्न आवश्यक रहेको औँल्याउँदै महिलालाई सशक्तीकरण गर्न आरक्षण नभई अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल दुरसञ्चार प्राधिकरण उपनिर्देशक रोजाकिरण बासुकलाले अनलाइनबाट हुने महिला हिंसा न्यूनीकरणमा अनलाइन सेवा प्रदायकको भूमिकाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले प्रविधिको प्रयोग गरी हुने महिला तथा बालिका हिंसाका बदलिँदो चुनौतीलाई अवसरको रूपमा रुपान्तरण प्रविधिमार्फत गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा सरोकारवाला पक्षले लैङ्गिक हिंसा निवारणमा एकीकृत कानुन आवश्यक रहेको, समस्या समाधानमा व्यक्ति, परिवारको भूमिका प्रमुख रहने, प्रविधिको सदुपयोग गर्नुपर्नेलगायतका विषय उठान गर्नुभएको थियो । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित एक सय १४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार