असार २९, २०८२ आइतबार July 13, 2025

चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच आज भर्चुअल बैठक हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीबीच आज अपरान्ह भर्चुअल बैठक हुने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९९ औं वर्ष पूरा भएको अवसरमा शुभकामना आदान–प्रदान र भर्चुअल अन्तरक्रिया हुन लागेको हो ।

आउँदो जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९९ औं वर्ष पूरा हुँदैछ ।

यही अवसरमा दुवै देशका कम्युनिष्ट पार्टीका सदस्यहरु बीच छलफल हुन लागेको हो ।

नेपालका तर्फबाट पार्टी स्कूल विभागका तथा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय बिभागका सदस्यहरुबीच नेपाली समय अनुसार दिउँसो साँढे १ बजे भर्चुल अन्तरक्रियामा हुने बताइएको छ ।

नेकपाका स्थायी समिति सदस्य तथा स्कूल विभागका उपप्रमुख बेदुराम भुषालले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको ९९ वर्ष पूरा भएको सन्दर्भमा भर्चुअल अन्तरक्रियामा शुभकामना आदान–प्रदान तथा दुई देशको पार्टी संचालन अनुभव आदान–प्रदान हुने जानकारी दिएका छन ।

त्यस्तै छलफलमा तिब्बतको विकासबारे एक भिडियो प्रस्तुति गरिने बताइएको छ ।

छलफल करिब डेढदेखि दुई घण्टासम्म चल्ने जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट भर्चुअल बैठकको उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले शुभकामना मन्तव्य दिनेछन् ।

त्यस्तै, चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ तथा तिब्बत स्वशासित क्षेत्र कम्युनिष्ट पार्टीका सचिव र नेकपा स्कूल विभागका प्रमुख ईश्वर पोखरेलले मन्तव्य राख्नेछन् ।

अन्तरक्रियामा नेकपाका तर्फबाट स्कूल विभागका साथै सातै ओटा प्रदेशबाट केन्द्रीय सदस्यसहित करिब सय जना तथा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट करिब दुई दर्जन सहभागी हुँदैछन् ।

गत वैशाखमा पनि नेकपाको विदेश विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागबीच कोभिड–१९ महामारीमा केन्द्रीत रहेर दुई घण्टाभन्दा बढि भर्चुल अन्तरक्रिया भएको थियो ।

त्यस अन्तरक्रियाको भने नेकपाका तर्फबाट विदेश विभागका प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभागका प्रमुख ताओले नेतृत्व गरेका थिए ।

त्यस क्रममा महामारी नियन्त्रणका लागि सक्दो सहयोग गर्ने चिनियाँ कम्युनिष्ट पार्टीले प्रतिबद्धता जनाएको थियो ।

गत भदौ पहिलो साता दुई कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारीमा हस्ताक्षर भए यता अन्तरक्रिया र छलफलले निरन्तरता पाउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार