काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि लगाएको ८३ दिने लकडाउनमा अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द थिए । तर यो अवधीमा पनि भ्रष्टाचारमा भने कमी नआएको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीबाट देखिन्छ ।
चैत, वैशाख र जेठ करिब दुई हजार उजुरी परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन । लकडाउन अवधीमा अधिकांश उजुरी अनलाइनबाट आएको उनी बताउँछन् ।
अख्तियारले लिखित, टेलिफोन, इमेल, वेवसाइट, फेसबुक, भाइबर, ट्विटरलगायतबाट उजुरी लिन्छ । लकडाउनका बेला ओम्नी समूहमार्फत चीनबाट दशौं गुणा बढी मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै दुई वटा उजुरी परेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया