श्रावण ५, २०८२ सोमबार July 21, 2025

तीन विश्वविद्यालय पदाधिकारीविहीन, उपकुलपति नियुक्ति प्रक्रिया नै अन्योलमा

प्रक्रिया स्थगित गर्नुका कारणबारे समितिले केही पनि खुलाएको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  तीन विश्वविद्यालयले कहिले उपकुलपति पाउने छन् भन्नेमा अन्योल सिर्जना भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति रिक्त छन् र काम चलाउनका लागि कसैलाई पनि जिम्मेवारी दिइएको छैन ।

विश्वविद्यालयमा उपकुलपति रिक्त हुनुअघि नै प्रक्रिया थालेर नयाँ उपकुलपति छनोट गर्ने र उपकुलपतिको पदावधि सकिएकै दिन नयाँलाई प्रतिस्थापन गर्ने विधि राज्यले अँगाल्न सकेको छैन । शिक्षाविद्हरू राष्ट्रिय सभामा सांसदको अवधि सकिए अगाडि नै नयाँ सांसदको छनोट भइसक्ने र रिक्त भएको भोलिपल्टै नयाँलाई शपथग्रहण गराउने अभ्यास जस्तै विश्वविद्यालयमा पनि गर्न सकिने बताउँदै त्यसतर्फ कसैको सोच नगएकोमा शिक्षाविदहरूले दुःख व्यक्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले राष्ट्रिय सभाका सांसद छनोटका लागि पद रिक्त हुनुअघि जसरी पनि चुनाव गराउन सक्ने सरकारले विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त हुनुअघि नै अर्को छनोट गर्न किन सक्दैन ? भन्दै थप्नुभयो, “सरकारले उपकुलपति नियुक्ति प्रक्रियालाई हल्का रूपमा लिएका कारण यस्तो अवस्था आएको हो ।”

सरकार परिवर्तन भएकाले अब यो विषय केही दिनका लागि ओझेलमा पर्ने निश्चित छ । यसअघि त्रिभुवन विश्वविद्यालयले रिक्त भएको ११२ दिनपछि नयाँ उपकुलपति पाएको थियो । त्रिविका पूर्वउपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गते रिक्त भएकोमा फागुन १० गते प्राडा केशरजङ्ग बराल नियुक्त हुनुभएको थियो ।

आइतबारदेखि पूर्वाञ्चल विश्वविद्यालयका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिम विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंहको कार्यकाल सकिएको छ । उहाँहरू २०७६ साल फागुन १९ गते उपकुलपतिमा नियुक्त हुनुभएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका लागि भने निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको छनोट तथा सिफारिस समितिले माघ अन्तिम साता आवेदन आह्वान गरेको थियो । त्यसका लागि १८ जनाले विश्वविद्यालय सुधारको सोचपत्र र चारवर्षे कार्ययोजनासहित आवेदन बुझाउनुभएको थियो । अल्पसूची (सर्टलिस्ट) सार्वजनिक गर्ने तयारी भइरहेको थियो । एक्कासि राजनीतिमा आएको उथलपुथलका कारण छनोट समितिका संयोजक नै मन्त्री पदबाट मुक्त हुनुभएपछि समितिको हैसियतमाथि प्रश्न उठ्नुका साथै अन्योल अवस्था सिर्जना भएको छ ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले उपकुलपति नियुक्तिमा सरकारले विगतमा जस्तै झेली गर्न खोजेको आरोप लगाउनुभयो । “यो प्रक्रिया अघिदेखि नै थाल्नुपथ्र्याे,” उहाँले भन्नुभयो ।अघिल्लो सरकारले सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति छनोट तथा सिफारिस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेश पौडेल र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी सदस्य रहेको समिति गठन गरेको थियो ।

समितिले दुवै विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि माघ अन्तिम साता सार्वजनिक आवेदन आह्वान गरेको थियो । केही आवेदन आइसकेपछि सिफारिस समितिले केही दिनअघि नै प्रक्रिया स्थगित गरिसकेको थियो । प्रक्रिया स्थगित गर्नुका कारणबारे समितिले केही पनि खुलाएको छैन । समितिका संयोजक अधिकारीले भन्नुभयो, “मापदण्डसँग सम्बन्धित केही विषयमा छलफल गर्नुपर्ने छ । दुई वटै विविमा उपकुलपति प्रक्रिया केही दिनमै सुरु गर्छौँ ।”  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार