श्रावण ५, २०८२ सोमबार July 21, 2025

‘उपभोक्ता समितिमा हानथाप नै भष्टचार’

समितीमा बस्नकै लागी पाटीको पावर लगाएर बस्ने गरिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले भष्टचार गर्नकै लागि योजनाको उपभोक्ता समितिमा हान थाप हुने गरेको बताएका छन् ।

कालिकोट जिल्लाको पाँचौ जिल्ला सभा उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री रमेत रहेका नेता शाहीले भष्टचार गर्नकै लागी उपपभोक्ता समितिमा बस्न हान थाप हुने गरेको बताए । अन्य क्षेत्रमा योजनाको उपभोक्ता समितिमा बस्ने मान्छेनै पाइदैन खोजेर राख्नु पर्छ तर, यहाँ समितीमा बस्नकै लागी पाटीको पावर लगाएर बस्ने गरिएको छ ।

जुनसुकै पार्टीको भएपनी साझा भष्टचारीनै हो । उनले भने कालिकोटमा बढिनै भष्टचार भयो यसको रोकथामको लागी एउटा सयन्त्र निर्माण गर्नु पर्ने बताए । राज्यको वजेटमा २५ प्रतिशत मात्र वजेट खर्च हुन वाँकी फिता जाने गरेको छ । यसले गर्दा जती वजेट आएपनी सदुपयोग हुन नसकेको बताए । कालिकोटका ९ वटै स्थानिय तहमा एक पनी उद्योग छैन ।

उत्पादनको हिसाबले शुन्य छ । यहाँ उत्पादन भएर वाहिर निर्यायत हुने कुनै पनी वस्तु छैन । बाहिरको खाद्या वस्तु आएन भने हाम्रो पेट भोको रहन्छ । यो अवस्थावाट अन्त्य कहिले हुने । हामित वािर्षक वजेटकै भरमा चलेका छौँ । उनले भने राजगारीको हिसाबले हामी पछाडीनै छौँ । यही हिसाबले मैले कालिकोटका जनताले जहाज चढ्ने हैसियत बनेको छैन ।

तर, उल्टो बनाइयो । मैले तेसो भन्न खोजेको हैन । पहिला त हामी आर्थिक रुपमा आत्मार्निभर बनौ । जहाज चढ्न त के जहाज किन्न पनी सक्छौ । कसैलाई भनेर टिक कालिदियो भने हामीले अहिले पनी जहाज चढिरहेका छौँ । सवै जनताको जिवनस्थर माथी उकास्न आर्थिक रुपमा सवै सम्पन्न हुन जरुरी रहेको बताए ।

साथै उनको जिल्ला सभाले सवै राजनिति दलहरुको सहमतीका आधारमा कालिकोट बिकासले बदल्न एकमतका साथ अगाढी बढ्न ढोस निर्णय गर्नु पर्ने सुझाव समेत दिए । जिल्ला सभाले कालिकोटका गौरवका आयोजनाहरुको निर्माणको निरन्तरता र नयाँ आयोजनाहरुको निर्माणको लागी लागत सहितको वजेटको माग राख्न सुझाव दिए ।

उनले उपभोक्ता बाटै भष्टचार हुने गरेको हुनाले जती काम हुन्छ उतीको भुक्तानी दिन निर्देशन समेत दिए ।

जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाहीको अध्यक्षतामा उद्घाटन गरिउको थियो । कार्यक्रममा पुर्व मन्त्री कुर्मराज शाही, संविधान सभा सदस्य तुलाराज विष्ट, कर्णाली प्रदेश सभा सदस्य हिक्मतबहादुर बिष्ट, नेपाली कांग्रसका नेता भुपेन्द्रजंग शाही, स्थानिय तहका प्रमुख, उपप्रमुख कार्यालय प्रमुख लगायतका सरोकारवालाहरुको उपूस्थतीमा जिल्ला सभाको उद्घाटन गरिएको हो । सभामा विभिन्न पालिका र कार्यालयहरुको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

अहिलेसम्म २५ प्रतिशतभन्दा माथी वजेट खर्च हुन नसकेको देखिएको छ । साना योजनाहरुको केही रकम खर्च भएको देखिन्छ भने प्रदेश र संघका ठुला योजनाहरु अहिलेसम्म सम्झौता समेत हुन सकेका छैनन् । असाढ मै सम्झौता र असाढमै काम गर्ने प्रवृती बिगतका वर्षझै यो वर्ष पनि हुने देखिन्छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार