असार ३०, २०८२ सोमबार July 14, 2025

बाँकेबाट ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज । बाँकेबाट शुक्रबार ४१ जना डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकी गाउँपालिकाको जोगागाउँ स्कूलमा बसेका ४१ जनालाई डिस्चार्ज गरिएको बताएका छन ।

उनीहरु १५ औं दिनमा घर जादैछन् । बुधबार गएकाहरु जानकीमा शुरुवातमा कोरोना देखिएका व्यक्ति हुन् । जानकीको विभिन्न स्कूलमा रहेका उनीहरुलाई पोजिटिभ देखिएपछि जोगागाउँको नेरामाविमा राखिएको थियो । जहाँबाट एकजना फरार भएका छन् । उनी अहिलेसम्म भेटिएका छैनन् । प्रहरीले भारत गएको बताएको छ । ती व्यक्ति पनि डिस्चार्जको लिष्टमा परेका छन् ।

१४ दिन आइसोलेसन अस्पताल वा सेन्टरमा बसेका व्यक्तिलाई रिचेक नगरी पठाउने स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार यिनीहरुलाई पनि घर पठाइएको छ । बाँकेमा यी ४१ सहित अहिलेसम्म २ सय ५० जना डिस्चार्ज भएको कोरोनाका फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन ।

१४ दिन स्वतः घर पठाउने नीतिका कारण बाँकेका आइसोलेसन सेन्टरहरु धमाधम खाली भइरहेका छन् । जिल्लामा १४ वटा आइसोलेसन सेन्टर बनाइएकोमा अहिले ५ वटा खाली भइसकेका छन् ।

फोकलपर्सन श्रेष्ठका अनुसार, अब आइसोलसन सेन्टरमा ८३ जना बाँकी रहेका छन् । जिल्लामा १ सय ११ वटा क्वारेन्टाइन छन् । त्यसमा दुई हजार ९२ जना बसिरहेका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई द्रतगतिमा पीसीआर जाँच हुन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार
विपद्का समयमा मानवीय सहयोगमा जुट्न रास्वपाको पार्टी पङ्क्तीलाई आग्रह
२०८२ असार ३०, सोमबार