श्रावण ५, २०८२ सोमबार July 21, 2025

ऋणीको सम्पत्ति हड्प्ने सहकारीको षड्यन्त्र

नियमित रूपमा कारोबार गर्दै आएका ऋणीलाई थाहै नदिई जग्गा लिलामीको सूचना निकालेर आफूमाथि अन्याय गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका– ३ मा सञ्चालित स्रोत परिचालन बचत तथा ऋण सहकारी सस्थाले ऋणीको सम्पत्ति हड्प्न योजनाबद्ध षड्यन्त्र गरेको छ । सावाँ ब्याज समयमै तिरिरहे पनि ऋणीको सम्पत्ति लिलाम गर्न षड्यन्त्रपूर्वक सस्था लागेको हो ।

आफ्नो सम्पत्ति अवैधानिक रूपमा कब्जामा लिएको भन्दै सहकारीविरुद्ध न्यायिक निकायमा जान लागेका सहकारीपीडित मेघनाथ पोखरेलले नेपाल समाचारपत्रलाई बताउनुभयो।

नीलकण्ठ नगरपालिका–७ निवासी पोखरेलले सहकारीबाट तीनवटा शीर्षकमा २०७५ असोज १५ गते ऋण लिएको पाइन्छ। जग्गा धितो राखेर १५ लाख, बुलेरो जिप किन्न कातिकमा १५ लाख ३३ हजार र कृषि ऋण भनेर पाँच लाख रुपियाँँ लिएका थिए।

उक्त ऋणको किस्ता र ब्याज समयमै तिर्दै आएको ऋणी पोखरेलको दाबी छ । स्थानीय सुनौला बजार ६ (ङ) ३०१ कित्ता नम्बरको २–५–०–१ क्षेत्रफल, ३१२ कित्ता नम्बरको ७–११–३–० क्षेत्रफल, र ३०९ कित्ता नम्बरको १–२–३–१ क्षेत्रफलको जग्गा मञ्जुरीनामा श्रीमान मेघनाथको नाममा दिएर सावित्री पोखरेलसमेत मिलेर बाख्रापालन गर्नुभएको थियो ।

नियमित रूपमा कारोबार गर्दै आएका ऋणीलाई थाहै नदिई जग्गा लिलामीको सूचना निकालेर आफूमाथि अन्याय गरेको मेघराज पोखरेलको भनाइ छ । सहकारीले २०७८ भदौमा नुवाकोटको पत्रिकामा जग्गा लिलामीसम्बन्धी सूचना प्रकाशित गरेको थियो । जुन पत्रिका धादिङमा आउने गरेको जानकारी छैन । पत्रिकामा उल्लेख भएअनुसार २०७८ असोज ६ गते लिलामी सूचनाको अन्तिम मिति छ।

ऋणीले असोज ११ गते १० लाख पैसासमेत तिरेको पाइन्छ । जग्गा लिलामीमा गएको भए सो मितिपछि किन ऋणीबाट रकम असुलियो होइन भने किन ऋणीको धितो लिलाम गरेर सहकारी आफैँले लियो ? अनौठो विषय बनेको छ।

ऋणीले २०७८ कातिक ९ गते १३ लाख १७ हजार गाडीको सावाँ ब्याज गरेर सबै रकम भुक्तानी गर्नुभयो । तर, सहकारीले पूर्वअध्यक्षको घरमा राखिएको गाडी व्यक्तिलाई चल्ने हालतमा उपलब्ध गराएको छैन। सवारीसाधन चल्ने अवस्थामा नभएकाले पुरानो अवस्थामा गाडी उपलब्ध गराउन ऋणी पोखरेलको माग छ।

स्रोत परिचालन सहकारीले ०७८ मंसिर ३ गते टिप्पणी उठाएर मंसिर १६ गते सहकारीको नाममा धितोमा रहेको तीन कित्ता जग्गा पास भएको देखिएको छ । यसरी, पास गर्दा जानकारी नै नभएको सावित्री पोखरेलको नामबाट कृषि विकास बैंकमा जग्गा विक्रि गर्दाबापतको लाभकर १ लाख ६८ हजार तीन सय ६० जम्मा गरेको देखाइएको छ ।

त्यतिखेर नआएको मानिसको किर्ते दस्तखत भौचरमा गरेर जग्गा आफ्नो बनाएको पोखरेल परिवारको भनाइ छ । मालपोत कार्यालयले पनि धेरै कागज किर्ते बनाउन सघाएको यो जग्गा दाखिला खारेज र सहकारीको नाममा गएको अवस्था हेर्दा देखिएको छ ।

पंचकृत मूल्य कायम गर्दा एकजना वडाध्यक्ष गौतमहरि अधिकारी र सहकारीका तत्कालीन अध्यक्ष प्रदीप अधिकारीका ठूलोबाबुका छोरा नारायण अधिकारीले कागजमा दस्तखत गरेको देखिन्छ । यो कागज वडाध्यक्षको रोहबरमा हुने नीति भएपनि वडा नै मूल्य कायम गर्न सही गरेको र अन्य कुनै पनि मानिस सो पंचकृत मूल्य कायममा नभएको पाइएको छ ।

जिल्ला मालपोत कार्यालयले जग्गा पास गर्ने समयमा मंसिर ३ गते टिप्पणी आदेश गर्दै जनता बैंकको ऋणी पोखरेल रहेको र जनता बैंक हाल स्रोत परिचालन सहकारी संस्था लिमिटेड भएको उल्लेख गरी हुँदै नभएको गलत विषयका आधारमा सहकारीलाई जग्गा दिएको स्पष्ट मिसिलहरूमा देखिएको छ।

यस किसिमको विवाद पटकपटक भएको र आफ्नो जग्गा सहकारीको नाममा गइसकेपछि पनि सहकारीले ऋणी पोखरेलबाट ०७८ पुस २० गते जरिवाना भनेर १३ हजार ३ सय ३१ र ब्याज भनेर १२ हजार २ सय ९८ रुपियाँँ लिएको पाइएको छ।

यसरी ब्याज र हर्जना तिर्दासमेत आफ्नो जग्गा लिलाम भएको आफूलाई थाहा नदिएकाले जिल्ला मालपोत कार्यालय, सहकारी दुवैले मिलेर आफूमाथि अन्याय गरेको सावित्री पोखरेल र मेघराज पोखरेलको भनाइ छ ।

१ लाखभन्दा कम ऋण लिएको गणेशकुमार श्रेष्ठले ०७६ मंसिरमा जबरजस्ती गाडी कब्जामा लिएपछि आफूले कुनैपनि काम गर्न नपाएको र पछि सहकारीका तत्कालीन अध्यक्ष प्रदीप अधिकारीको घर छेउमा उहाँकै जग्गामा राखिएको अवस्थामा बा २० च ८७४४ नम्बरको बुलेरो पिक अप गाडी राखिएको छ ।

उजुरी लिएर प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेका मेघराज पोखरेल र सहकारीबीच तीन पटक जिल्ला प्रहरी कार्यालयमा छलफल भएको छ। सहकारी नियम संगत हुन्छ भनेर टारीरहेको छ भने आफूलाई क्षतिपूर्ति र बिगारेर राखिएको गाडी पुरानो अवस्थामा फिर्ता गराउन माग गर्नुभएको छ। नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार