काठमाडौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक शुरू भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बिहान सवा नाै बजेदेखी शुरू बैठकमा अमेरिकी परियोजना (एमसीसी) नेपालमा लागू गर्ने बिषयमाथिको बहस केन्द्रित हुने बताइएको छ ।
नेकपामा एमसीसीबारे विवाद हुँदा पटकपटक डाकिएका बैठक बिना निश्कर्ष टुङ्गिएका छन् । त्यसैगरी नेकपाले नागरिकता विद्येयक बारे पनि केही दिन यता विभिन्न पक्षसँग छलफल गरिरहेको छ ।
बिहिवार प्रमुख प्रतिपक्षसँग सो बिषयमा छलफल गरेको नेकपाले शुक्रबार राज्य व्यवस्था समितिमा रहेका आफ्नै दलका सांसदहरुसँग दुबै अध्यक्षले छलफल गरेका थिए ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यवाहक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठनेताद्धय झलनाथ खनाल र माधब कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नेताहरू इश्वर पोखरेल, महासचिव बिष्णु पौडेल, राम बहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया